images
images

काठेपुल निर्माणमा श्रमदान गर्न प्रधानमन्त्री, राष्ट्रपति र अर्थमन्त्रीलाई अभियन्ताको निमन्त्रणा

images

दमौली । तनहुँको बुद्धसिंह मार्गअन्तर्गत विभिन्न खोलामा निर्माण हुन लागेका काठेपुल निर्माण अभियानमा सहभागी हुन प्रधानमन्त्री, राष्ट्रपति र अर्थमन्त्रीलाई श्रमदानका लागि निमन्त्रणा गरिएको छ ।

अभियन्ता सिद्धान्त गर्जामगरले प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बेल्चासहित श्रमदानमा सहभागी हुन आग्रह गरेका हुन् ।

उनले मंसिर १३ गते आइतबार बुद्धसिंह मार्गमा रहेका पाँचवटा खोलामा काठेपुल निर्माणका लागि बृहत् जनश्रमदान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिँदै उक्त कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेका छन् ।

बुद्धसिंह मार्गमा पर्ने सुंढेखोला, ढाँटखोला, खानीखोला, बगरखोला र भूतखोलामा काठेपुल निर्माण गर्ने अभियान अघि बढाइएको उनले बताए ।

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समेत सम्बोधन गर्दै अभियन्ता गर्जामगरले जनताको समस्यासँग प्रत्यक्ष जोडिएको अभियानमा सहभागी भएर श्रमदान गर्न आग्रह गरेका छन् ।

स्थानीय स्तरमा सडक तथा खोलामा आवागमन सहज बनाउन जनश्रमदानबाट काठेपुल निर्माण गर्ने अभियान अघि बढाइएको भन्दै उनले राष्ट्रका उच्च पदस्थ व्यक्तिहरूलाई समेत जनताको काममा प्रत्यक्ष सहभागी हुन आह्वान गरेका हुन् ।

जनश्रमदानबाट पुल निर्माण गर्ने अभियानले स्थानीयको आवागमन सहज बनाउनुका साथै सामूहिक सहभागिता र विकास निर्माणमा नागरिकको योगदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS