तनहुँ
नेपाल कम्युनिस्ट पार्टी एमालेले तनहुँको सदरमुकाम दर्मौलीमा विरोध प्रदर्शन गरेको छ। शनिबार बिहान पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि त्यसको विरोधस्वरूप प्रदर्शन गरिएको हो।
एमाले तनहुँका जिल्ला अध्यक्ष हरिरजा कडेलका अनुसार कार्की आयोगको प्रतिवेदन राजनीतिक प्रतिशोधका आधारमा तयार गरिएको आरोप लगाइएको छ। उनले अध्यक्ष ओलीलाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको दाबी गर्दै वर्तमान सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको बताए।
पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा दमौली बजारमा प्रदर्शन गरिएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारको कदमको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए। कार्यक्रममा एमालेका केन्द्रदेखी जिल्ला स्तरी नेता कार्यकताहरुको सहभागिता रहेको थियो ।
एमालेले उक्त कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएको छ। उनलीहरुले गृहन्त्री विरुद्व नाराजवाजी गरेका थिए । पार्टी कार्यालयबाट सुरु भएको ¥याली सफाडक चोकमा गएर समापन भएको थियो । नेकपा एमालेको विरोध कार्यक्रमलाई लक्षित गरेर दमौलीमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । गत भदौ २४ गते दमौलीमा भएको ध्वासत्मक प्रर्दशनमा समेत नदेखीएको शशस्त्र प्रहरी बलका दुई ट्रक फौज समेत सदरमुकाममा दमौलीमा उतारिएको थियो ।
















