images
images

जनतामा विश्वासको गणित पढाउँदै विद्यानाथ ढकाल

images

तनहुँ
स्थापित गणितका शिक्षकका रूपमा चिनिएका विद्यानाथ ढकाल कुनै समय कक्षाकोठामा जटिल भन्दा जटिल मानका हिसाबहरू सरल भाषामा बुझाइरहेका हुन्थे। उनी त्यो समयका स्थापित र लोकप्रिय शिक्षक थिए, जसले धेरै विद्यार्थीलाई गणितको डर जित्न सिकाए। आज भने उनी अर्कै किसिमको गणितमा होमिएका छन्—जनताको विश्वास जित्ने गणितमा।

हाल नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार रहेका ढकाल चुनावी मैदानमा सक्रिय छन्। मतदाता उनीमाथि भरोसा गर्ने कि नगर्ने भन्ने हिसाब किताबमा छन्, र ढकाल भने पाँच दशक लामो निस्वार्थ सेवाको उत्तर लिएर जनताकै घरदैलोमा पुगेका छन्।

करिब ५० वर्षदेखि तनहुँको राजनीतिमा सक्रिय ढकाल गाउँको विकास, समाजसेवा र जनचेतनाको क्षेत्रमा निरन्तर लाग्दै आएका व्यक्तित्व हुन्। शिक्षा क्षेत्रको सुधारका लागि उनले विभिन्न अभियानहरू अघि बढाएका छन्। गुणस्तरीय शिक्षा, पहुँच र सुधार उनका मुख्य एजेण्डा बनेका छन्।

राजनीतिमा शुसासन र पारदर्शिताको कुरा केवल भाषणमा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने उनको स्पष्ट धारणा छ। यही कारण गाउँदेखि शहरसम्म उनको इमानदारी, लगनशीलता र सादगीको चर्चा हुने गरेको छ।

आज विद्यानाथ ढकाल जनताको घरदैलोमा छन्। “मैले पाँच दशक तनहुँका जनताको सेवामा बिताएँ, अब जनताको निर्णय स्वीकार्न तयार छु,” भन्ने सन्देशसहित उनी फागुन २१ गते तारा चुनाव चिन्हमा मत माग्दै जनतासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

कक्षाकोठामा गणित पढाएका ढकाल आज समाज र देशको भविष्यको हिसाब मिलाउन संसद पुग्ने यात्रामा छन्। अब अन्तिम निर्णय भने जनताकै हातमा छ विश्वासको गणित कसको पक्षमा जाने भन्ने।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS