images
images

प्रदेश अस्पताल दमौलीमा नयाँ अध्यक्ष वाग्लेद्वारा पदभार ग्रहण

images

तनहुँ
प्रदेश अस्पताल, दमौली, तनहुँको अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष बरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले बिहीबार पदभार ग्रहण गरेका छन् । बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा निवर्तमान पदाधिकारीहरूको विदाइ तथा नवनियुक्त अध्यक्षको स्वागत गरिएको हो । कार्यक्रममा अस्पताल प्रमुख डा. परिर्वतन बरालले प्रदेश अस्पताल दमौलीको संक्षिप्त परिचय प्रस्तुत गर्दै उपलब्ध सेवा, विगत तीन वर्ष तथा चालु आर्थिक वर्षको प्रगति विवरण, जनशक्ति अवस्था र भावी योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा जिल्ला समन्वय समिति तनहुँक प्रमुख शान्तिरमण वाग्ले तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख अशोक खनाल , उद्योग वाणिज्य संघ तनहुँ अध्यक्ष बैकुण्ठ मिश्र ,सदस्य शुशिला देवी शर्मा ,नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी , प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका वरिष्ठ कविराज निरीक्षक शम्भु चपागाई , अस्पतालका कन्सल्टेन्ट चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा निवर्तमान अध्यक्षबाट नवनियुक्त अध्यक्ष वाग्लेलाई समितिको माइन्युट तथा जिम्मेवारी विधिवत् रूपमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा निवर्तमान पदाधिकारीहरूको कार्यकालमा अस्पतालको भौतिक पूर्वाधार विकास, जग्गा प्राप्तिमा भएको प्रगति तथा सेवा विस्तारमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
बरिष्ठ अधिवक्ता समेत रहेका नवनियुक्त अध्यक्ष वाग्लेले अस्पतालको समग्र विकास, सेवा गुणस्तर अभिवृद्धि र जनमुखी स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । वाग्लेले निवर्तमान पदाधिकारीहरूको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रम अस्पताल प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका सदस्य–सचिव डा. परिवर्तन बरालको अध्यक्षतामा भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS