images
images

नेपाल मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

images

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले च्यासल, ललितपुरका ५२ वर्षीय शान्तमान व्यञ्जनकारको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको छ । उनको कलेजो उनकी ५० वर्षीया श्रीमती नानु व्यञ्जनकारले दान गरेकी हुन् ।

आठ वर्षदेखि कलेजोको समस्या भोगिरहेका व्यञ्जनकारको भदौ ४ गते प्रत्यारोपण गरिएको थियो। सफल शल्यक्रियापछि उनलाई भदौ २३ गते अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

आफ्नो कलेजो बिग्रनुको कारण रक्सीको अत्यधिक सेवन भएको व्यञ्जनकारले बताए। उनले सुरुमा उपचारका लागि भारत जाने सोच बनाएका थिए ।

तर, नेपाल मेडिसिटीका चिकित्सकसँग परामर्श गरेपछि उनले नेपालमै उपचार गर्ने निर्णय गरे।’भारतमा जाँदा धेरै खर्च लाग्ने, बस्न र यातायातको समस्या हुने तथा भाषामा पनि कठिनाइ हुने भएकाले मैले मेडिसिटीमा नै उपचार गर्ने निर्णय गरेँ,’  उनले भने ।

यो सफल प्रत्यारोपणमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोली संलग्न थियो। यसमा ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्रा.डा. उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साह, डा. सञ्जय कुमार यादव, ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा र डा. निराजन महासेठ, तथा वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा.  राम कुमार घिमिरे लगायतका चिकित्सकहरू थिए ।

डा. रामबाबु साहले नेपाली नागरिकहरूले यस्तो जटिल उपचारका लागि विदेश जानुपर्ने आवश्यकता अब नरहेको बताए। उनले भने,’नेपालमै उच्चस्तरीय दक्ष चिकित्सक टोली र अत्याधुनिक प्रविधि उपलब्ध छ। यो सफलताले हाम्रो स्वास्थ्य सेवामा नयाँ उपलब्धि थपेको छ ।’

नेपाल मेडिसिटीले भविष्यमा पनि गुणस्तरीय र निरन्तर कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS