images
images

अपाङ्गता भएकी वालिकालाई घरमै पुगेर नागरिकता

images

दमौली, ०५ साउन ।
म्याग्दे गाउँपालिका–१ निवासी १७ वर्षीया वालिका कल्पना खनलालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।पूर्ण अपाङ्गता भएकी खनलालाई आइतबार घरमै पुगेर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

नागरिकता प्रमाणपत्र प्राप्त गरेपछि खनाल तथा उनका परिवारले खुसी व्यक्त गरेका थिए । नागरिकताको अभावले सरकारी सेवा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सेवा लिन खनलालाई अब सहज हुने विश्वास लिइएको छ ।कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको पनि उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारी अधिकारीले अपाङ्गता भएका नागरिकहरूलाई राज्यले सहज सेवा र अवसर दिनुपर्ने दायित्वको स्मरण गराउँदै यसखालका उदाहरणले सबै तहका निकायहरूलाई थप उत्तरदायी बन्न प्रेरणा दिने बताए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS