images
images

आँवुखैरेनीका शिक्षकलाई सलामी सहित सम्मान

images

च्यान्टु तामाङ
आँवुखैरेनी सम्वाददाता । आँवुखैरेनी गाउँपालिका तनहुँले माध्यमिक शिक्षा परीक्षा २०८१ मा सतप्रतिशत विद्यार्थी उतीर्ण गराउने शिक्षकहरुलाई आज सलामी सहित सम्मान गरेको छ ।
पालिकामा रहेका नगर प्रहरीहरुले गुरुवर्गले विद्यार्थीहरुको हितमा काम गरेको भन्दै सलामी अपर्ण गरेका हुन् । नेपालका स्थानीय तहको इतिहासमा नगर प्रहरीले शिक्षकलाई सलामी दिएको यो पहिलो कार्यक्रम हो । अहिले सम्म गाउँपालिकामा गेटमा रहेका नगर प्रहरीले सलाम गरेपछि यसरी जनप्रतिनिधिलाई समेत सलामी प्रदान नगरिएको आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
गाउँपालिका भित्र रहेका पाँचवटा माध्यमिक विद्यालय लक्ष्मी मा.वि., छिम्केश्वरी मा.वि., कन्या मा.वि., मित्रता मा.वि. र रामशाह मा.वि.का गरी कुल ३८ जना शिक्षकहरु सम्मानित भएका हुन् । आफूले अध्यापन गराउने विषयमा शतप्रतिशत विद्यार्थी उतीर्ण गराउने शिक्षकहरु सम्मानित भएका हुन् । पालिका भित्र रहेको लक्ष्मी मा.वि.ले १०० प्रतिशत विद्यार्थी उतीर्ण गराएको थियो ।

कार्यक्रमको उद्घाट विद्यार्थीबाट
उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रमको उद्घाटन एसइइमा चार जिपिए प्राप्त गर्ने विद्यार्थीहरु किस्मत पोखरेल र सजिना थापाले सँयुक्त रुपमा गरेका थिए । कायृक्रममा उनीहरुलाई नगद ५० हजार सहित सम्मान गरिएको छ । यसैगरी प्राविधिक धार तर्फ तनहुँ जिल्ला प्रथम हुने छात्रा, ३.९ भन्दा माथि जिपिए ल्याउने छात्रछात्राहरुलाई, दलित छात्रालाई नगद ३० हजार सहित सम्मान गरिएको आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
शिक्षा र स्वास्थ्यमा लगानी गरेको आँवुखैरेनी गाउँपालिकाले अघिल्लो वर्ष अपेक्षित नतिजा ल्याउन नसकेपछि कतिपयले आलोचना गर्दै आएका थिए । यस वर्ष दुइ जनाले ४ जिपिए सहित डिस्टिङ्सन नतिजा आएपछि शिक्षामा लगानीको सार देखिएको बताइएको छ । शुन्य प्रतिशत नतिजा भएका विद्यालयहरुको समेत उल्लेख्य प्रगति रहेको छ । आगामि दिन यसको शाख जोगाउन भने चुनौती नै रहेको छ ।
रामशाह मा.वि. आँवुखैरेनीका प्रधानाध्यापक प्रेम लामिछानेले यस प्रकारको नतिजाको जस बालविकास देखि प्राथमिक तह, आधारभूत तहमा पढाउने शिक्षकहरुको समेत उत्तिक्कै लगानी रहेको बताए । हामीहरु प्रतिनिधि पात्र हौँ यो सम्मान उहाँहरुको पनि हो । आगामि दिन यसरी नै नतिजा दिनका लागि सबै लाग्नुपर्ने लामिछानेले बताए ।
आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख निर्मला कुँवरले गरेकी थिइन ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS