दमौली, १२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिले आफ्ना पाटी सभापति ‘रबि लामिछाने माथी भएको राजनितिक प्रतिशोधबिरुद्व जनताको हस्ताक्षर कार्यक्रम’ शुरु गरेकोे छ ।
विहीबार अनसन चौतारी दमौलीमा हस्ताक्षर अभियान सुरु गरेको पार्टीका नगर अध्यक्ष चुडामणि दाहालले बताए । एक महिना सम्म अभियान संचालन गर्ने कार्यक्रम रहेकोे राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिले जनाएको छ ।
हस्ताक्षर अभियानमा पार्टीका सदस्य, शुभेच्छुकलगायत सर्वधारणको उल्लेख्य सहभागिता रहेको नगर सभापति दाहालले बताए । विहावर दिउँसो तिन बजे देखी ५ बजे संचालन भएको अभियानमा ३ सय ८ जनाले ऐक्यवद्वता जनाएर हस्ताक्षर गरेकोपनि उनले बताए । नगरका वडा हुँदै टोल टोलमा पुग्ने कार्यक्रम रहेको सभापति दाहालले बताए ।
















