images
images

जनप्रतिनिधिको अगुवाइमा सडक सरसफाइ अभियान

images

तनहुँ,
आबुखैरेनी गाउँपालिका–१ मा आज जनप्रतिनिधिको अगुवाइमा स्थानीय बासिन्दा र युवाहरूको सक्रिय सहभागितामा सडक सरसफाइ तथा पहिरो हटाउने अभियान सुरु गरिएको छ।

गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, तथा वडा नं १ का वडा सदस्य कुमार मगर उपस्थितिमा आयोजना गरिएको अभियानमा स्थानीय युवाहरू राजेन्द्र मिश्र, रबिन्द्र अधिकारी, बालकृष्ण थापा र हिमाल थापाको सहयोगमा जेसीबी मेसिन प्रयोग गरी पिच सडकको दायाँबायाँ सडकमा थुप्रिएको माटो तथा पहिरो हटाइएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

अभियान अन्तर्गत आधीमुल गेटदेखि आधीमुल जाने मुख्य सडक, यान्चोकटार रिङरोड क्षेत्रका कुला तथा नालाहरूको समेत सरसफाइ गरिएको थियो। विशेषगरी बर्षात सुरु हुनु अगावै पहिरोको जोखिम कम गर्नुका साथै बस्ती नजिकका नालामा लामखुट्टेको प्रकोप न्यूनीकरण गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो । उपाध्यक्ष दुर्गा आर्यालले बताइन् । अभियानमा यान्चोक, यान्चोकटार, पोखरी, तिलडाँडा, रातमाटे, सत्रसय ठाडोलाइन, धारी चौतारो र रानागाउँका स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सरसफाई अभियान निरन्तरता दिने स्थानीयहरुले बताएका छन् ।स्थानीय तहको सक्रियता र जनसहभागिताबाट सञ्चालित यस्ता अभियानले समुदायमा सफा र सुरक्षित वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS