तनहुँ
किसानले पाउनुपर्ने बक्यौता ४ अर्बभन्दा बढी पुगेपछि संघमा आबद्ध किसान बिरोधमा उत्रिएका हुन् । विरोधस्वरूप शुक्रबार कालोपट्टी बाँधेर दूध बिक्री गरिएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । ‘समयमै बक्यौता नपाएपछि किसानले भोग्नुपरेको कठिनाइबारे कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई आइतबार ९जेठ २२० मा भेटेरै जानकारी गराएका छौं । बिहीबारसम्म सम्बोधन नभए विरोध गर्ने बताएका थियौं,’ अध्यक्ष कुँवरले भने, ‘तर किसानको माग सम्बोधन भएन । यसअघि भएका सम्झौता पनि कार्यान्वयन भएनन् । शुक्रबारदेखि बाध्य भएर विरोधमा उत्रिनुपरेको छ ।’
कुँवरका अनुसार शुक्रबारदेखि असार ४ सम्म कालोपट्टी बाँधेर दूध बेच्ने कार्यक्रम छ । यस अवधिमा माग सम्बोधन नभए असार ५ मा डीडीसीको केन्द्रीय कार्यालय, लैनचौरमा तालाबन्दी गरिने उनले बताए । ‘बक्यौता रकम भुक्तानी नभएकाले कालोपट्टी बाँधेर सांकेतिक आन्दोलन सुरु गरेका छौं, असार ४ सम्म माग सम्बोधन नभए असार ५ मा डीडीसीमा ताला लगाउँछौं,’ कुँवरले भने, ‘त्यस क्रममा अवरोध गरिए लौनचौरबाटै दोस्रो चरणको आन्दोलन घोषणा हुन्छ ।’
सरकारले हचुवाको भरमा किसानलाई अलमल्याउने काम मात्रै गरिरहेको उनीहरू बताउँछन् । संघका अनुसार उद्योगीले चैत २१ सम्म बक्यौता भुक्तानी गरिसक्नुपर्ने सम्झौता थियो । सम्झौता कार्यान्वयन नभएपछि दुई महिना सरकारसँग ‘लबिइङ’ गरियो । तर सरकारबाट लाचारी कुराबाहेक केही आएन । गाईबस्तुलाई दाना खुवाउनसमेत धौधौ भएपछि बाध्य भएर विरोधमा उत्रिनुपरेको संघको दाबी छ । ‘जेठ २० सम्म बक्यौता रकम साढे ४ अर्ब थियो । अहिले दिनैपिच्छे बढ्दो छ,’ उनले भने, ‘पैसा नपाएर किसान आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । तर सरकारले लाचारीपन देखायो ।’
सरकार, डेरी उद्योगी र किसानबीच गएको मंसिर २६ मा बक्यौता भुक्तान गर्ने सहमति भएको थियो, तर कार्यान्वयन नभएपछि फागुन १९ अर्को सम्झौता भयो । ०८० पुससम्मको बक्यौता चैत २१ सम्म दिइसक्नुपर्ने पछिल्लो सहमति पनि कार्यान्वयन भएन ।
‘एक महिना, २५ दिनको जहिल्यै पनि बक्यौता बाँकी नै हुन्छ । सबैभन्दा बढी स्टक सुजल, राजधानीलगायत केही डेरीको भए पनि यस विषयमा किसानसँग दैनिक सम्पर्कमै छौं,’ दाहालले भने, ‘साउनदेखि भदौसम्म सबै चुक्ता गर्छौं । समस्या डीडीसीको हो, अर्थले ३० करोड ऋण दिए पनि व्यवस्थित गर्न सकेन ।’हाम्रो माग पुरा गर ः दुधको पैसा समयमा भुक्तानी लगायतका माग राखेको सेवर दुग्ध उत्पादक सहकारीका आवद्व किसानहरु समेत आन्दोलनमा होमिएका सहकारीका अध्यक्ष हरीभक्त अधिकारीले बताए ।