damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

सुक्खा पहिरा खसेर अबरुद्व पृथ्वीराजमार्ग पाँच घण्टा पछि सुचारु

तनहुँ २१ असोज, सुक्खा पहिराका कारण आइतबार बिहान अबरुद्व भएको पृथ्वीराजमार्ग सडक खण्ड करिब पाँच घण्टा पछि सुचारु भएको छ । जिल्लाको म्याग्दे–६ तुरतुरे मौरी बजारमा बिहान पौने पाँच बजे सुख्खा पहिरो खस्दा अबरुद्व बनेको राजमार्ग जेसिबीको सहायताले पहिरा पन्छाएपछि सवारी आवागमन भएको हो ।
उक्त पहिरो हटाउनको लागी बिपद् व्यबस्थापन प्रहरी जनशक्ती टोली, स्थानिय पालिका र चाईनिज कम्पनिसँग सहकार्यमा पहिरा हटाइएको हो ।
सडक माथिबाट ठुलो पहिरा खस्दा सयौं सवारीसाधानहरु रोकिदाँ यात्रुहरुले कठिनाई भोग्नुपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

sukala