damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

रास्वपाको क्षेत्रीय सभा दुलेगौंडामा हुने,रवि र स्वर्णिमले सम्बोधन गर्ने

दमौली, १७ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँको दुलेगौंडामा सभा गर्ने भएको छ ।
असोज २२ गते दुलेगौंडामा क्षेत्रीय सभा गर्ने भएको सो पार्टीले जनाएको हो । सो सभालाई रास्वपाका सभापति रवि लामिछाने र प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले सम्बोधन गर्ने छन् ।

कार्यक्रम बारे जानकारी दिन बुधबार शुक्लागण्डकी नपा–७ दोभानमा बुधबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाका क्षेत्रीय संयोजक कृष्णप्रसाद रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘पशुपति–मुक्तिनाथ यात्रा’ अन्तर्गत आगामी सोमबार दुलेगौंडाको बिपीचोकमा तनहुँ क्षेत्र नम्बर २ स्तरीय सभा आयोजना गरिएको बताए । दुलेगौंडाको बिपीचोकमा २२ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सभा हुने रास्वपाले जनाएको छ ।

पत्रकार सम्मेलनमा रास्वपाका जिल्ला संयोजक विकास सिग्देलले देशमा देखिएको अराजक गतिविधि विरूद्व जनतालाई जागरुक गराउन सभाको आयोजना गरिएको बताए । जिल्ला सह संयोजक सुर्यमणि पौडेलले मिसन ८४ सफल पार्ने उदेश्यका साथ ठाउँ ठाउँमा पार्टीका गतिविधिलाई तिव्रता दिईएको र सोहि अनुरूप दुलेगौंडामा पहिलो पटक पार्टीका सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्