दमौली
डेगु महामारीको अवस्थामा दमौलीमा जथाभावि उपचार गर्ने मेडिकल संञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रजुन थापा मेडिकल हल संचालक ब्यास नगरपालिकामा वडा नं.३ परासर टोल बस्ने ५२ बर्षिय बिष्णु कुमारी गरौजा मगर र चौधरी मित्रता स्वास्थ्यक्लिनिक संचालकब्यास नगरपालिका वडा नं।३ अनसन चौतारी बस्ने ४५ बर्षिय चन्द्र बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
असोज ९ गते आफ्नो अधिकार क्षेत्र बाहिर गई बिरामी लाई भर्ना गरी उपचार गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय तनहुँ, ब्यास नगरपालिका तनहुँ,स्वास्थ्य कार्यालय तनहुँ,दमौली अस्पताल,उद्योग बाणिज्य संघ तनहुँ,जिल्ला प्रहरी कार्यालय तनहुँ र संचारकर्मी सहितको अनुगमन टोलीले अनुगमनका क्रममा मेडकिल संचालकहरुले क्षेत्राधिकार बाहिर गई बिरामी लाई भर्ना गरी उपचार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रजुन थापा मेडिकल हल संचालकले क्लिनिक दर्ता नगरी फार्मेसीमा बिरामी जाँच गरेको,बिरामीलाई ईन्जेकसन मार्फत उपचार गराएको थियो भने मित्रता स्वास्थ्यक्लिनिकले क्लिनिकमा डाक्टर नभएको आफै औषधी सिफारिस गरेको, डेङ्गो पोजेटिभ बिरामीहरुलाई ईन्जेक्सन,ट्याबलेट र ईन्टिबायोटिक्सको माध्यमबाट उपचार गराएको भेटीएको प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पक्राउ परेका मेडिकल हल,क्लिनिकका संचालकहरुलाई नियन्त्रणमा लिई ईलाज सम्बन्धि कसुरमा सम्मानित तनहुँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले बताए ।