images
images
images

आँफु खुशी स्टिकर टाँसी बढी मुल्यमा सामान बिक्रि बितरण गर्ने एक पक्राउ

images

दमौली, ०२ असोज ।
आँफु खुशी स्टिकर टाँसी बढी मुल्यमा सामान बिक्रि बितरण गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका वडा नं.३ धयरेटारी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सेते तामाङले संचालन गर्दै आएको सरिता रेष्टुरेण्टका संचालक तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ३धयरेटारी बस्ने बर्ष ३७ को सेते तामाङ रहेका छन् ।

होटलका संचालकले कम्पनिको प्रिन्ट लेबल छोपेर सो माथि आफु खुशी बढी मुल्यको स्टिकर टाँसी सामानहरु बिक्रि बितरण गरेको भन्ने सुचनाको आधारमा भदौ २९ गते प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले स्थानिय जनप्रतिनिधी समेतको रोहबरमा उक्त खाजा घरमा चेकजाँच गर्दा दोहोरो लेबलिङ गरी राखेको बिभिन्न खाद्यपदार्थहरु भेटिएकोमा उक्त खाद्यपदार्थहरु बरामद गरी रेष्टुरेण्ट संचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तमाङलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट चार दिनको म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहर िकार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS