images
images
images

दमौली अस्पताल कस्ले सुधार्ने ,कहिले सुधार्ने ?

images

उज्वल पाैडेल

यतीबेला दमौली अस्पतालमा डेंगीको विरामीको चाप थेगि नसक्नुको छ । यस क्षेत्रका धेरैजसो मानिसहरु अहिले मौसमी ज्वरो र डेंगीको  प्रकोप नै रहेको छ ।  आमालाई गत शुक्रबार रातीबाट आएको ज्वरो आइतबार साँझ निको नभएपछि  आइतारसाँझ अस्पतालमाको इमरजेन्सीमा पुगेँ । लामो लाइन । बिरामीहरुको भीड रहेको थियो इमरजेन्सीमा रहेका बेडहरु भरीभाराउ थिए । त्यहाँ रहेका कुर्सीमा समेत बिरामीहरुको उपचार भइरहेको थियो । भने जाँच कक्ष नजिक  लामो लाइन समेत थियो । एकजना स्वास्थ्यकर्मि र एकजना डाक्टरले बिरामीहरुलाई परिक्षण गर्दै थिए । अस्पतालको इमरजेन्सी हेर्दा लाग्थ्यो ठुलो महामारी नै छ डेंगी र उच्च ज्वरोको । अस्पतालमा भेटीएका चीर परिचित अनुहार सबैले भन्थे ‘ज्वरो सन्चै भएन् ।’ लाइनमा बस्नु भएको आमाको पालो आयो इमरजेन्सीम रहेकी गहुगोरी पातलो ज्यान भएकी स्वास्थ्यकर्मिले  आमालाई भनिन् ‘के भएर आनुभएको ? । आमाले मलिन स्वरमा भन्नुभयो ‘ज्वरो आयो,सन्चै भएन नानी’ । स्वास्थ्यकर्मिले  फेरी सोधिन् कति दिन भयो ज्वरो आएको ? आमो भन्नु भयो,  ‘तिन दिन भयो’ । तिनले हतार भनिन् ‘बल्ल तिन दिन भएको रहेछ’,भोली आउनु रगत, पिसाव  र डेंगी चेक गनुहोला, ज्वरो आए सिटामोल खानुहोला, भोली आउनु  । तिन दिन देखि ज्वरोले थलिनुभएकी आमालाई समान्य चेक जाँच  त के उनले बिरामीको नाम  ठेगाना र  बिरामीको थप लक्षण समेत समेत सोधिनन् । आडमै रहेका डाक्टरलाई उनले परार्मश गर्ने जरुरी ठानीन् ती सबै कुराको साँची म नतमस्तक भए । केही बोलीन । मेरो आमा मात्रै होइन् मेरा आमा जस्ता धेरै बिरामीलाई गर्ने ब्यवहार यही हो  । दमौली अस्पतालमा काम गर्ने कर्मचारीले अलिकति मात्रै पेशागत मर्यादा राख्ने हो भने अस्पतालमा अाउने बिरामीकाे  आधा समस्या समाधान हुने थियो  जस्तो लाग्यो । आमालाई ओपिडीको प्रतिक्षालयमा ल्याएर राखे र सोंचे के अस्पतालको इमरजेन्सीमा आउने भनेको अन्तिम अवस्थामै हो ? मानिसहरु काम नपाएर अस्पतालको इमरजेन्सीमा आउछन् । इमरजेन्सीमा आएको बिरामीको  सके प्राथमिक उपचार गर्ने नभएपनि समान्य ज्वरो,प्रेशर नापेर सानो प्रेसकृीप्सन त दिनुपर्ने होला नी  । दमौली अस्पतालमा जाँदा यस्तो अनुभव भएको पहिलो पटक भने थिएन पटक–पटक जाँदा यस्तै ब्यवहारले मन खिन्न हुन्छ ।
त्यसपछि एकछिन पछि आमाको चेक जाँच गरे,डेंगी लगातय चेक गरेपछि आमालाई डेंगी देखिएन् । मनमा अलिकति सन्तोष पैदा भयो त्यती बोला सम्म अस्पतालको इमरजेन्सीमा  स्टार्फको ड्युटी परीर्वतन भएको रहेछ एक परिचत भाई ड्युटीमा रहेछन् उनलाई अलिकति आफ्नो आमाको समस्या बताए । उनले ज्वरो घटाउने औषधि लेखिदिए । उनलाई ह्दय देखि धन्यवाद दिएर  औषधि लिएर घर फर्के । अामा बिरामी भएर सन्चाे नभएपछि मंगलबारदेखि पाेखरा मनिपाल अस्पतालमा उपचारत हुनुहुन्छ ।
अामा जस्तै ज्वराे अाएर दमाैलीका बिरामी मणिपालमा धेरै छन् । सबैकाे एउटै चिन्ता छ दमाैली अस्पताल राम्रो बनाउनु पर्याे ।ज्वराे अाउदा समेत पाेखरा अाउनु पर्ने ।बाटाेकाे हाल त्यस्तै छ। साराले दुःख पाएका छन् । २०४६ सालकाे परिवर्तन अघिपछि तनहुँले राज्य संयन्त्रमा नेतृत्व गर्नेकाे कमि छैन् । रंगनाथ पाैडेल देखी राष्ट्रपति रामचन्द्र पाैडेल सम्म तर तनहुँमा गतिलाे अस्पताल बन्न सकेनन् । नेताका छाेरा -छाेरी अासेपासेकाे जीवन फेरीयाे तर लमजुङ ,गाेरखा र तनहुँका समेत जनताले सेवा लिन सक्ने दमाैली अस्पताल १५ बेडबाट स्तर बृद्धी हुन सकेन ।तनहुँका सबै सरकारी कार्यालयका भवन अत्याधुनिक बन्दा दमाैली अस्पताल भवन थप गर्न ,सेवा गर्न चासाे रहेन ।अस्पतालमा बनेकाे पुरानाे भवनमा स्वर्गीय पिताकाे नाम राख्न चासाे भयाे तर स्तार बृद्धी जरुरी ठानिएन । त्यसकाे असर अहिले हामी भाेग्दै छाै ।यी यस्ता कुराले लाग्छ दमौली अस्पतालमा बिरामीले गतिलो सेवा पाउन के गर्नुपर्ला । कसको कम्जोरीले यो अस्पतालमा नागरिकले सेवा पाउन मुस्किल भएको हो ।  मेरो  मनमा प्रश्न खेलेको छ । अस्पताललाई सुधार कहिले गर्ने कस्ले गर्ने यो बहष भएको धैरे भयो ।  अहिले सम्म यसले सार्थकता पाउन सकेको छैन् । हामीमा सबैमा साझा समस्या छ बिषय बस्तुका अगाडि  र,तर,पनि ,अनि,भोली जस्ता  बिशेष ण जोडेर समस्याबाट आफु चोखिने । जिम्मेवारी लिएर बसेकाहरुले यस्तै खाले प्रवृतीले गर्दा संविधानले प्रत्याभुत गरेको मौलीक हकको रुपमा रहेको स्वास्थ्य सेवा लिन कसैलाई चिन्नु पर्ने हार गुहार गनुपर्ने ? ज्वरो आएर तिन देखी विस्तारमा लडेको बिरामीले  समान्य उपचार गर्न अस्पतालको दैलोमा जाँदा अर्को दिन कुर्नुपर्ने ।  हरेक पटक अस्पताल विकास समितिमा नयाँ नेतृत्व आउँछन् अनेक योजना सुनाउछन् तर सेवाको स्तर र दायर फराकिलो दिगो हुन सकेन् । सायद सदरमुकामा रहेको एक मात्रै सरकारी अस्पताल दमौली अस्पताल कस्ले सुधार्ने,कहिले सुधार्ने ? यो साझा प्रश्न हो ।अव बहष हाेईन काम गराै ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS