images
images
images

व्यासको वार्षिक समिक्षा सम्पन्न

images

दमौली ।

मंगलबार नगरपालिकाको सभाहलमा आयोजित नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।समिक्षा कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा, १४ वटै वडाको गएको वर्षको समिक्षाको प्रस्तुतीकरण राखिएको थियो । १४ वटै वडाहरुले राखेको वार्षिक समिक्षा प्रस्तुतीकरणमा महिला वडा सचिवहरुले राखेको प्रस्तुतीकरण अब्बल मानिएको थियो ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख ईन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडा अध्यक्ष तथा शाखा प्रमुख तथा वडा सचिवको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकाको लेखा समितिका वरिष्ठ आन्तरिक लेखा परिक्षक कुमारकञ्चन जिसी, उद्योग पर्यटन श्रम तथा रोजगार प्रवर्दन शाखा प्रमुख राजेन्द्र कार्की, योजना तथा पूर्वधार विकास शाखा प्रमुख ई.डा. राजु पौडेल,सुचना तथा प्रविधि शाखा प्रमुख गोर्कणराज वाग्ले, वित्तिय प्रतिवेदन लेखा अधिकृत हेमन्त गुरुङ, जनशक्ति व्यवस्थापन शाखा प्रमुख रामचन्द्र हड्खले,भवन नियमन तथा घरनक्सापास शाखा प्रमुख ई.अमृत के.सी, स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोती, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख नविन पराजुली लगायतले प्रस्तुतीकरण गरेका थिए । समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सबै शाखा र विषयगत शाखा र वडा कार्यालयहरुको प्रस्तुतीकरणका लागि धन्यवाद दिए । उनले समिक्षा कार्यक्रमले कतिपय सुधार गर्नुपर्ने पक्षलाई पनि औलयाउने भएकाले यसले पालिका र वडाको काममा थप उर्जा दिने बताए ।

नगर प्रमुख न्यौपानेले समिक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धीलाई संस्थागत गर्दै थप उपलब्धीका लागि योजना मद्दत गर्ने बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS