तनहुँ
नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु भएको छ । । तनहुँमा पनि अभियानको उद्घाटन भएको हो ।
तनहुँका १० वटा पालिकाको ८४ वटा वडामा नै पुग्ने गरी अभियान सुरु भएको नेकपा माओवादी तनहुँका इन्चार्ज शैलेन्द्र घिमिरेले बताए । नेकपा माओवादी केन्द्रले २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गरेको हो । तनहुँमा १० वटै पालिकाको वैठक भेला राखेर अभियानको सुरुवात भएको जिल्ला इन्र्चाज घिमिरेल बताए । १० वटै पालिकाकामा अभियान संचालन गर्न केन्द्रिय नेताहरु परिचालन गरेको छ ।
अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् । सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ
।
अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छ
हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गरेका थिए । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरु भएको हो अभियानमा पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ । अभियान टोलीमा सोही क्षेत्रमा खटिरहेका पार्टी कमिटीका नेताहरू, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरू, सोही क्षेत्रका जनवर्गीय संगठन मोर्चाका सदस्यहरू सहभागी हुने व्यवस्था गरिएको छ ।
यस्तो छ अभियानको लक्ष्य
१। नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने
गरी पार्टी र जवसरमोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने ।
२। कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन,
समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी
गराउने ।
३। आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित
स्थानीय सरकारहरूले कम्तीमा १र१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित
कार्यक्रम सुरु गर्ने । संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग,
उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम ७
वटै प्रदेशमा एकरएक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने ।
४। अभियानको संयोजन र सञ्चालन सम्बन्धित प्रदेशका इञ्चार्जहरुले गर्ने ।
५। अभियान अवधिभर सामान्यतया केन्द्रीय पदाधिकारीहरूलाई अन्तर प्रदेश,
स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूलाई अन्तर जिल्ला तथा प्रदेश
सदस्यहरूलाई अन्तर पालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरिनेछ । जहाँ
जनता त्यहाँ संगठनको मान्यता अनुसार अस्थायी बसोबास स्थलमा समेत
कार्यक्षेत्र तोकी पठाइनेछ ।
६। सामान्य कार्यक्षेत्र प्रदेश, जिल्ला पालिका तोकिए पनि मुख्य
कार्यक्षेत्र ९योजना कार्यान्वयनको क्षेत्र० वडालाई बनाउनुपर्नेछ ।
७। पार्टी केन्द्रीय सदस्यरआयोग सदस्यरसल्लाहकार सदस्यहरूको नेतृत्वमा
पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका
पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवसरमोर्चाका केन्द्रीय
सदस्य र प्रदेश समिति पदाधिकारीहरु सम्मिलित वडा केन्द्रित अभियान टीम
बनाइनेछ ।
८। अभियान टिमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रमहरू सञ्चालन गर्नेछ
। अभियान टिममा कलाकार, संस्कृतिकर्मीहरूलाई पनि सहभागी गराउनुपर्नेछ ।
९। अभियान सञ्चालनका लागि प्रदेशमा एक सचिवालय गठन गरिनेछ ।
यस्ता छन् विस्तृत कार्ययोजना समावेश भएका विषय
केन्द्रीय समिति बैठकबाट अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको प्रतिवेदनलाई
आधारमा प्रदेशको सापेक्षतामा अभियानको विस्तृत कार्ययोजना तयार गरिएको
उपाध्यायले जानकारी दिए । जसमा निम्न विषय समावेश गरिएको छ ।
१। सबै तहका कमिटीका बैठक, प्रशिक्षण, स्कुलिङ सञ्चालन गर्ने ।
२। पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
३। वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला सम्मेलन गर्ने ।
४। सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायसँग सम्बन्धित
कामहरूलाई आम जनताकाबीच पुर्याउने, सुझाव सङ्कलन गर्ने र समर्थनका लागि
अपिल गर्ने ।
५। नेपालको राजनैतिक परिवर्तनका शृङ्खला जनयुद्ध, जनआन्दोलन, शान्ति
प्रक्रिया, संविधान निर्माण, संघीयता कार्यान्वयनबाट प्राप्त अधिकारको
महत्त्व र त्यसका लागि नेतृत्वको योगदानलाई स्थापित गर्ने ।
६। आठौँ महाधिवेशनद्वारा पारित ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’
सम्बन्धी रणनीति र कार्यनीतिहरूलाई पार्टी पङ्क्ति र जनसमुदायबिच
पुर्याउने ।
७। आत्मनिर्भर आर्थिक नीति, प्राकृतिक स्रोतहरू जल जंगल जमिनको
व्यवस्थापन सम्बन्धी नीति, कृषि, उद्योग तथा वाणिज्य, शिक्षा, स्वास्थ्य
सम्बन्धी नीतिहरू सम्बन्धमा विभिन्न तहमा अन्तरक्रिया गर्ने ।
८। विधान सम्मेलनको तयारीलाई सहयोग पुग्ने गरी नयाँ ढङ्गको कम्युनिस्ट
पार्टीबारे पार्टी पङ्क्तिमा व्यापक छलफल गर्ने ।
९। शैक्षिक सुधार, स्वरोजगार, उत्पादनसँग सम्बन्धित कार्यका लागि पेसाका
आधारमा संगठित गर्ने ।
१०। सहकारीहरूलाई उत्पादनको काममा लगाउने, बाँझो जमिनको प्रयोग,
बजारीकरण, मल बिउको समस्या समाधान हुने कुरामा विश्वस्त पार्ने ।
११। पर्यटन, साना उद्योग सम्बन्धी कामको सम्भाव्यता अध्ययन गर्ने ।
१२। वडाको समग्र डाटा सङ्कलन गर्ने ।
१३। आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको अभियानलाई थप प्रभावकारी
बनाउन ३ वटै तहका सरकारहरूले ठोस पहलकदमी बढाउने । यो अभियानलाई स्थानीय
तहसम्म विस्तार गर्ने, पार्टीलाई भ्रष्टाचार विरोधी अभियन्ताको रूपमा
स्थापित गर्ने ।
१४। पार्टीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरूले नमुना योजना बनाई
कार्यान्वयन गर्ने र ती योजनामा संघीय र प्रदेश सरकारहरूले विशेष सहयोग
गर्ने ।
१५। शैक्षिक संस्था, स्वास्थ्य संस्था, स्थानीय सरकारलगायतका
कार्यालयहरूको अनुगमन, निरीक्षण र अन्तरक्रिया गरी समस्या समाधानको पहल
गर्ने ।
१६। सहरी क्षेत्रमा टोल सुधारका कामहरू, पानी–बिजुलीका समस्या, सार्वजनिक
जग्गा अतिक्रमण, फोहोर व्यवस्थापन, जातीय–क्षेत्रीय मनोविज्ञान,
आदिवासीहरूबीच अन्तरक्रिया, गुठी, मठ मन्दिर, खेल मैदान, मनोरञ्जनका
क्षेत्रका समस्याबारे जानकारी लिने र समस्या समाधानको लागि पहल गर्ने ।
१७। प्राध्यापक, बुद्धिजीवी, सेवा निवृत्त कर्मचारी, मजदुर, व्यवसायी,
बेरोजगार, प्राविधिक विषयका विद्यार्थीहरूको अलग अलग डाटा सङ्कलन गर्ने,
उनीहरूसँग अन्तरक्रिया गर्ने, सरकारका कामहरूबारे सुझाव लिने र उनीहरूलाई
संगठित गर्ने नयाँ उपायहरू खोज्ने ।
१८। विदेशमा रहेका श्रमिकहरूको स–साना इकाईहरू बनाउने, भर्चुअल बैठक
गर्ने । उनीहरूसँग प्रत्यक्ष सम्पर्क गरी समस्याहरू सङ्कलन गर्ने र
समाधानको पहल गर्ने ।
१९। प्रचार प्रसारको कामलाई व्यवस्थित गर्न डिजिटल प्लेटफर्म सञ्चालनका
लागि केन्द्रदेखि वडासम्मको सञ्जाल तयार गर्ने । सामाजिक सञ्जालको अधिकतम
सदुपयोग गर्ने । अभियानको प्रचार सामग्री, सरकारको काम कारबाही र
उपलब्धिहरूको सन्देशमूलक सामग्री तयार गर्ने । पालिकाहरूले ३ महिने
अभियानको डकुमेन्ट्री बनाउने ।
२०। पार्टी बाहिरका विभिन्न संघ संस्था र व्यक्तित्वहरूबीच अन्तरक्रिया गर्ने ।
२१। सबै तहका सरकारसँग पार्टी, जवसरमोर्चा वा अन्य सरोकार समितिहरूको
तर्फबाट जनजीविका लगायत विषयमा ज्ञापनपत्ररमागपत्र पेस गर्ने ।