तनहुँ
गर्भवती, सुत्केरी तथा २ वर्षमुनिका बालबालिकाको स्वास्थ्यतथा स्याहारमा मार्ग दर्शन गर्ने “मेरो पोषण साथी” मोबाईल एपको शुभारम्भ भएको छ । यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमा बाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपानर स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालीहरुको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यको लागि मेरो साथी मोबाइल एप महत्वपूर्ण भएको बताए । मन्त्री बस्नेतले भने , “स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किन कि त्यसमा पौष्टिक तत्व हुन्छ । तर आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्न ेहुन्छ । यो एपले कम्तिमा त्यस प्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।”
नेपाली प्रयोगकर्ता मैत्री एपले दर्ता गर्दा दिईएको विवरणको आधारमा बच्चाको तौल, खानपान, उमेर लगायतको रेकर्ड राख्दछ र त्यसै अनुसार आवश्यक व्यवहारहरुको बारेमा स्याहारकर्तालाई जानकारी दिनेछ । कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव देव कुमारी गुरागाईले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहु आयामिक प्रभावपार्ने बताए । उनले भने,“यो एपले पोषण व्यवहारका साथ साथै नेपाल सरकारले प्रदान गर्ने आधारभुत स्वास्थ्य सेवाको उपभोग गर्न पनि प्रोत्साहन गर्दछ । त्यसैले समग्र स्वास्थ्य प्रणालीलाई नै सुदृढ तुल्याउन यो एपले सहयोग गर्नेछ ।”
कार्यक्रममा स्वास्थ्य र पोषणसँग सम्बन्धित डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको पनि शुभारम्भ गरिएको छ । डिजिटल लाइब्रेरीले स्वास्थ्यकर्मी, विद्यार्थी वा यो विषयमा रुची राख्ने सबैको लागि नेपालमा आधारभुत स्वास्थ्य र पोषण सम्बन्धी दस्तावेजहरु एकै स्थानमासहजरुपमाउपलब्ध गराउने लक्ष्यलिएको छ ।
यस्तै कार्यक्रममाबोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव संगिता मिश्रले सबै नागरिकलाई एक्ला एक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदान गर्न सजिलो बनाएको धारणा राखिन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू जस्तैः गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान,परिवार योजनातथावृद्धि अनुगमनजस्ता विषयमा निर्णय लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउने विश्वास व्यक्त गरे । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले सबै नागरिक सम्म स्वास्थ्य र पोषण सम्बन्धी महत्वपुर्ण र उपयोगी जानकारी पु¥याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताए ।
कार्यक्रममा बोल्दै अमेरिकी विकास नियोग युएस ए आइडी की स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेष गरी पहिलो पटक आमाबन्दै गरेका महिलाहरुलाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने बताए। उनले भनिन, “नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकताहरू अनुरूपनै मोबाइल एप र डिजिटल लाइब्रेरीनिर्माणमा सहयोग गरिएको हो ।यो सहकार्यले नेपालको स्वास्थ्य र पोषणमा युएसएआईडीको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ र नेपाल सरकारका यस्ता प्रयासलाई प्रभावकारी बनाउन युएसएआईडीले सधै ंहातेमालो गर्नेछ ।”
यु एस एआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले विकास गरेको “मेरो पोषण साथी”एपप्लेस्टोरबाट डाउनलोग गरी एन्ड्रोइड मोबाइलमा सजिलै प्रयोग गर्न सकिन्छ ।
















