तनहुँ
नेकपा एस तनहुँका पूर्व अध्यक्ष श्रीराम कार्कीले नेकपा एमालेमा प्रवेश गरेपछि भुमी आयोगको विज्ञ सदस्यबाट राजीनामा दिन एकिकृत समाजवादी तनहुँले माग गरेको छ ।
नेकपा एस तनहुँले आज पत्रकार सम्मेलन गरी पूर्व अध्यक्ष कार्कीले गरेका प्रतिबद्धताको पालना गर्न नसकेको सो पार्टीले जनाएको छ ।
पार्टीको सिफारिसमा ०७८ चैत्र ४ गतेदेखि राष्ट्रिय भूमि आयोग तनहुँको बिज्ञ पदमा राजनीतिक नियुक्ती लिएको पार्टीका अध्यक्ष काजीमान श्रेष्ठले सो अवसरमा जानकारी गराए ।
पटक पटक मौखिकका साथसाथै मिति २०८० साउन ५ गते पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेपछि उक्त राजनीतिक नियुक्ती पदमा रहिरहन नैतिकताको आधारमा नमिल्ने भएकाले तत्काल राजीनामा गरी आयोगको काममा सहज गरिदिन आग्रह गरेको उनले बताए ।
पूर्व अध्यक्ष कार्कीले आफ्नै प्रतिबद्धता बिपरीत पदबाट राजीनामा नगरेका हुनाले पार्टीले मिति २०८० साउन १४ मा पत्रचार गरी अन्य पार्टीमा प्रवेश गरेका कारणले आयोगका विज्ञ सदस्यबाट राजीनामा गरी सहयोग गरिदिन अनुरोध गरेको थियो ।
उक्त पत्रको प्रतिउत्तरमा पूर्व अध्यक्ष कार्कीले मिति २०८० साउन ३० गते राष्ट्रिय भूमि आयोग तनहुँको अध्यक्षलाई सम्बोधन गर्दै आफ्नो पदको सम्बन्धमा आयोगले नै नियमानुसार हटाएमा आयोगको निर्णय स्वीकार गर्ने तर आफुले उक्त पदबाट राजीनामा गरी आयोगको काममा असहज नगर्ने भन्ने पत्रको व्योहरा प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । निजको अशोभनीय, अवाञ्छित, गैर राजनीतिक आपत्तिजनक एवं स्वेच्छाचारी कार्यशैली प्रति पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ पार्टीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
कार्कीले भने नियमन अनुसार गर्नु यसैविच भुमी आयोगका विज्ञ सदस्य श्रराम काकीले आफुले जिल्लामा राजिना दिने प्रावधान नरहेको बताँउदै नियम अनुसार गर्न आग्रह गरेको बताए ।