damuli hospatail

२४ मंसिर २०८०, आईतवार

गाँउघरमै पुगेर स्वास्थ्य सेवा

दमौली,
व्यास नगरपालिकाले जनतालाई गाँउघरमै पुगरे सेवन दिन गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको छ । भौगोलिक विकटता,यातायातको समस्याको कारणले स्वास्थ्य क्षेत्र नपुगेको ठाँउमा स्वास्थ्यको पहुँच पुयाउनको लागि नगरपालिकाले गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको हो ।
बजारीक्षेत्र बाहेक रहेका वडाहरुमा नगरपालिकाले गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार बजार क्षेत्र सँग जोडिएपनि विकट रहेका वडाहरुमा स्वास्थ्यको पहँुच घरमै पुयाउनको लागि गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको हो ।
उनले भने,“हाम्रो व्यास नगरपालिकामा रहेका भित्रि गाँउहरु अझै विकट छन्,स्वास्थ्यको पहँुच पुगेको छैन । गाँउमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौ । ” उक्त गाँउघर क्लिनिक मार्फत हरेक महिनामा विकट गाँउहरुमा स्वास्थ्यकर्मी सहितको टोली पुगेर स्वास्थ्य जाँच तथा औषधी वितरण गर्ने गर्दछ ।

गाँउघर क्लिनिक कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्य सेवा,गर्भपतनका जटिलताहरुको रोकथाम बारे परामर्श,यौनरोग बाझोपन बारे परामर्श, पाठेघर खस्ने समस्याको परिक्षण, किशोर किशोरीको स्वास्थ्य सेवा,बाल स्वास्थ्य सेवा र साधारण उपचारको सेवा दिईने गरिएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले जानकारी दिईन् । उनको अनुसार स्वास्थ्य चेकजाँच गरेपछि निःशुल्क रुपमा पनि औषधी वितरण गर्ने गरिन्छ । गाउँघरमै स्वास्थ्य सेवा पु¥याउन थालेपछि वडामा रहेको स्वास्थ्यचौकीमा आउने बिरामीको चाप कम भएको पतेनी आधारभूत स्वास्थ्यचौकीको ईञ्चार्ज सुनिता श्रेष्ठले बताईन् । यसले स्वास्थ्य सेवाको पहुँच विस्तार हुने उनले बताईन् ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले जनतालाई गाँउघरमै सेवा दिने उद्देश्य उक्त अभियान सञ्चालन गरेको बताए । गाउँघरका महिलाले पुरुष चिकित्सक, स्वास्थ्यकर्मीसँग खुलेर आफ्नो स्वास्थ्य समस्या नराख्ने भएकोले यस कार्यक्रममा महिला टिम नै खटाईएको उनको भनाई छ । उनले भने,‘महिलाले खुलेर स्वास्थ्य समस्या राखुन भनेर महिला चिकित्सक, स्वास्थ्यकर्मीको टोली नै खटाएका छौं । उनीहरुसँग महिलाले खुलेर आफ्नो स्वास्थ्य समस्या बताउन सक्छन् ।’ कार्यक्रम मार्फत चिकित्सकहरु नै घरदैलोमा पुगेर गर्भवती जाँच, सुगर, ब्लड प्रेसरको नियमित चेकजाँच सेवा दिने भएकोले ग्रामिण भेगका जनताले यी सेवाका लागि दमौली आईरहनु नपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala