दमौली, २६ साउन ।
आफ्नो छैठौं वार्षिकोत्सव अवसर पारेर आई।एम।इ। लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुलेगौँडा शाखाको आयोजना तथा तनहुँ सेवा अस्पताल प्रा।लि। को प्राबिधिक सहयोगमा तनहुँ जिल्लाको एक दिने निःशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
सुक्ला गण्डकी नगरपालिका वडा नं ११ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा भएको शिविरमा १ सय भन्दा बढि स्थानीय बासिन्दाले निःसुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरी निसुल्क औषधि समेत प्राप्त गरेका थिए ।
कार्यक्रममा सकम्पनीका दुलेगौँडा शाखा प्रमुख संतोष राज लामिछानेले सम्पूर्ण सहभागी संस्थाहरुलाई धन्यवाद ब्यक्त गरे। कम्पनीका गण्डकी एरिया मेनेजर पुर्शोत्तम पंडितले जीवन बीमाको महत्को बारेमा प्रकाश पारेका थिए भने कम्पनीका गण्डकी प्रदेश प्रमुख कर्म राज पौडेलले कम्पनीको संथागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत देशै भरी निःशुल्क स्वास्थ्य सिबिर संचालन भएको जानकारी गराए । आगामी भाद्र १ गते पोखरामा प्रभातफेरी सहित रक्तदान कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रममा रक्तदानका लागि आह्वान गरे सो अवसरमा वडा नं ११ का वडाध्यक्ष सालिकराम भट्टराई , महेन्द्र माध्यमिक विद्यालय सुक्ला गण्डकी –११, तनहुँ सेवा अस्पताल र स्थानीय हिमालय आमा समुह र बिधालयका शिक्षक कर्मचारी र आफ्ना अभिकर्ताहरुलाई धन्यवाद सहित प्रसंसा पत्र प्रदान गरेका थिए ।