images
images
images

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको जम्बो टोली पुल उदघाटन गर्न तनहुँको ऋषिङ्गमा आउँदै

images

तनहुँ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको जम्बो टोली शुक्रबार तनहुँको ऋषिङ्ग गाउँपालिकामा आउने भएका छन् ।
मुख्यमन्त्री पाण्डे सहित चार मन्त्री हालै सम्पन्न पक्की मोटरेवल पुलको उदघाटन लगायतका कार्यक्रममा सहभागि हुन आउन लागेका हुन् ।
जिल्लाको ऋषिङ्ग गाउँपालिकामा निर्माण सम्पन्न पक्की मोटरेवल पुलको उदघाटन तथा पुल बन्ने स्थलको निरीक्षण गर्न आउन लागेका हुन् ।
ऋषिङ्गको वडा नं ४ मधुवन र ५ रुपटार मधुवन जोड्ने ज्वाला खोलामा निर्माण सम्पन्न २५ मिटर लम्बाई पुलको उदघाटन गर्ने कार्यक्रम रहेको छ । उक्त पुलको हालैमात्र निर्माण सम्पन्न भएको हो ।
उक्त लागत रु।तीन करोड एक्काइस लाखको लागतमा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिए ।
कूल पन्ध्र वटा निर्माणधीन पुलमध्ये नौ वटा पुलको सम्झौता अनुरुप निर्माण सम्पन्न भएको उनले बताए ।
त्यसैगरी,नवलपुर जिल्लाको बुलिङ्गटार ६ र ऋषिङ्गगाउँपालिका ५ को पिपलटार–अत्रौली जोड्ने पक्की मोटरेवल पुल बन्ने स्थलको निरीक्षण गर्नुहुने ऋषिङ्ग गाउँपालिका कार्यालयले जनाएको छ ।
त्यसैगरी, ऋषिङ्ग–५ पिपलटारमा निर्माणधीन औद्योगिकग्राम,सोही वडाको रुपटारमा रहेको दुई सय बर्ष पुरानो गढ्केश्वर महादेव मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी सोही वडाको रुपटारमा संचालित भूमिगत सिंचाईको समेत अवलोकन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता बिजय दरैले जानकारी दिए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली,अर्थमन्त्री जीतप्रकाश आले र मन्त्री महेन्द्रध्वज जिसी लगायतको कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS