images
images

आँबुखैरेनीका तीन बिद्यालयमा आँखा पाक्ने समस्या भएकाहरुको निःशुल्क उपचार

images

तनहुँ
जिल्लाको आँबुखैरेनी गाउँपालिकाभित्रका तीन विद्यालयमा आँखा पाक्ने समस्या भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ ।
भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिका कार्यालयको आयोजनामा आँखा परीक्षण गर्न लागेको हो ।
आँखा पाक्ने प्रकोपले भयवह स्थिति आउने देखिएपछि विद्यालयमै पुगेर उपचार गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।

आँखा रोग बिशेषज्ञ सहितको टोलीले आँखा पाक्ने समस्यामा परेका विद्यार्थीहरुको आँखा परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए ।
साउन २३ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी गाउँपालिका भित्रका तीन वटा विद्यालयमा आँखा परीक्षण शिबिर राखिएको हो ।
आँखा पाक्ने रोगको संङक्रमण बढ्दै जान थालेपछि उच्च सर्तकता अपनाउँदै गाउँपालिकाका तीन विद्यालयमा आँखा परीक्षण गरिने उनले बताए ।

उहाँका अनुसार आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयमा साउन २३,आँबु–१ को मित्रता माध्यमिक विद्यालयमा २४ र आँबु ४ को छिम्केश्वरी माध्यमिक विद्यालयमा २५ गते व्यवस्था मिलाएको हो ।
अन्य टोल वा बस्तीमा प्रकोप बढेमा सोही अनुरुप व्यवस्था गरी आँखा परीक्षणको व्यवस्था गरिनेछ । उनले भने,‘आँबुखैरेनी अस्पतालको आँखा उपचार केन्द्रमा नियमित परीक्षणको समेत व्यवस्था गरेको छ ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS