images
images
images

Untitled

images

तनहुँ
बर्षायामसंगै तनहुँमा डेङ्गुको संक्रमक प्रकोप बढ्दै गएपछि लामखुट्टे ‘खोजौं र नष्ट गरौं’ अभियानलाई तीब्रता दिन थालिएको छ ।
डेङ्गुका बिरामीको संख्या बढ्दै गएकाले यसको रोकथाम,नियन्त्रण र न्यूनिकरणका लागि अभियानलाई अघि बढाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरु खोजौं र नष्ट गरौं भन्ने मूल नाराका अभियान थालेको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

‘प्रत्येक शुक्रबार १० ः ३० बजे १० मिनेट’ छुट्टाई सबै सरकारी तथा गैरसरकारी कार्यालय संघ संस्थाहरुले आआफ्नो कार्यालयको वरपर ‘सबै जागौं,सबै लागौं,वरीपरी जमेको पानी हटाई डेङ्गु भगाऔं’ भन्ने मुख्य नाराका साथ सरसफाई कार्यलाई प्राथामिकता दिइएको छ ।
मानिसमा ज्वरो गराउने बयस्क लामखुट्टेको,लार्वा र अण्डा नष्ट गर्ने डेङगु बिरुद्धको राष्ट्रिय अभियान सफल बनाउन सबै निकायमा परिपत्र समेत गरिसकेको सो कार्यालयले जनाएको छ ।
जिल्लाका दशवटै स्थानीय तह,स्वास्थ्य शाखा,सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई डेङ्गु ज्वरो नियन्त्रणका लागि आव्हान गरिएको सो कार्यालयले जनाएको छ ।

जनप्रतिनिधधीको नेतृत्वमा सबै सरकारी तथा निजी तह र तप्काका सरोकार निकायहरुमा डेङ्गु रोग बिरुद्वको अभियान सफल बनाउन सबैमा जानकारी गराइएको उनले बताए ।
कार्यालय वरपर जमेको पानीमा लामखुट्टेले फुल पारेर आफ्ना संख्या बृद्धि गर्ने हुँदा त्यस्ता स्थानहरुमा ‘खोजौ र नष्ट गरौं’भन्ने अभियान संचालन गरेका हौ,उनले भने ।

बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घर बाहिर खेतबारी,हाँस,सुगुर बंगुर फार्ममा ननिस्कने,घरको झ्याल,ढोकामा जाली लगाउने,सुत्दा सधैं झुलको प्रयोग गर्ने,घरबाहिर निस्कँदा पुरै शरीर ढाक्ने कपडा लगाई लामखुट्टेको टोकाईबाट बच्ने लगायतका सुझाब दिइएको छ ।

डेङ्गु रोग लक्षण ः
एक्कासी उच्च ज्वरो आउने,टाउँको दुख्ने,शरीर दुख्ने,घाँटी दह्रो हुने,वाँकवाँकी साथै बान्ता हुने,पखला लाग्ने,स्नायुजन्य समस्या हातखुट्टा दह्रो हुने,हिड्डुल र बोल्न नसक्ने,सास फेर्न गाह्रो हुने लगायत डेङ्गु रोगका लक्षण हुन् ।
उक्त लक्षण भएका तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह अनुरुप औषधी सेवन गर्नुपर्छ,नकि आफुखुशी औषधी किनेर खान नहुने कार्यालयका सूचना अधिकारी एवं परिवार नियोजन सुपरभाईजर सुदिप कँडेलले जानकारी दिए ।

चौवालिस जनामा डेङ्गु पोजेटिभ ः
त्यसैगरी असार र साउन १७ गतेसम्मको डेढ महिनाको अवधिमा चौवालिस जना मानिसमा डेङ्गु पोजेटिभ भएको छ ।
डेङ्गु पोजेटिभ भएका सबै बिरामीको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । अस्पतालमा भर्ना भएर बस्नुपर्ने अवस्था आएको छैन्,उनले भने,‘बिरामी भएकाहरु घरमै बसेर आराम गरिरहेका छ

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS