images
images
images

मुुआब्जा नपाएपछि स्थानीयबासीले लगाए ताला

images

तनहुँ १७ साउन
भानुभक्त प्राणी उद्यान छिर्कन तनहुँबाट प्रभावित स्थानीयबासीले विगत दुई बर्षदेखि मुआब्जा बापतको रकम पाउन सकेका छैनन् ।
व्यास नगरपालिकाको वडा नं ११ र १२ तथा भानु नगरपालिकाको वडा नं ५ र ६ का गरी चार वडाका प्रभावित बासिन्दाले मुआब्जा पाउन नसकेका हुन् ।

उक्त क्षेत्रका एक सय बयालिस घरधुरीका नौ सय एकसठ्ठी रोपनी जग्गा र पाँच वटा घरटहराले मुआब्जा रकम पाउनुपर्ने तथ्याङ्क रहेको भानुभक्त प्राणी उद्यान कार्यालय तनहुँले जनाएको छ ।

जग्गाधनी र घरटहराको लागि कूल रु।छयालिस करोड साठी लाख सत्ताइस हजार सत्ताइस मुआब्जा बितरण गर्नुपर्ने देखिएको छ ।
समयमा मुआब्जा पाउन नसक्दा कतिपय स्थानीय बासिन्दाहरू घरवारबिहीन भएर सडकमा आउनुपर्ने स्थितिमा पुगेको जग्गाधनी समन्वय समितिका संयोजक हर्कबहादुर कार्कीले जानकारी दिए ।

भानुभक्त प्राणी उद्यान स्थापना भई पूर्वधार निर्माण कार्यले धेरै गति लिइसक्दा समेत सम्बन्धित जग्गाधनीले मुआब्जा पाउन नसक्दा कठिनाई भोग्नुपरेको जग्गाधनीहरुको गुनासो रहेको छ ।

राज्यका सम्बन्धित निकाय वन मन्त्रालय, अर्थ मन्त्रालय राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायत प्रधानमन्त्री, राष्ट्रपति समक्ष पुगेर मुआब्जाको लागि अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको संघर्ष समितिका संयोजक प्रकाश मल्लले जानकारी दिए ।
विसं २०७७ पुस ७ गते गठित मुआब्जा मूल्याङ्कन उपसमितिले बिस्तृत अध्ययन गरी जग्गाको किसिम अनुसारको मूल्य सिफारिस सहितको प्रतिवेदन विसं २०७८ बैशाख १ गते जिल्ला मुआब्जा निर्धारण समितिमा पेश गरेको थियो ।

विसं २०७८ पुस २० गते राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग बबरमहलाई जिल्ला मुआब्जा मुल्याङकन निर्धारण समितिले मूल्य निर्धारण गरेको दररेट सहित पेश गरिसकेको कार्यालय प्रमुख संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए ।
मुआब्जा दिने बिषयमा जिल्लाबाट टुंङ्ग्याएर पठाइएको छ । उनले भने,‘अर्थमन्त्रालयबाट बजेट निकासा नभएका कारण मुआब्जा बितरण गर्न नसकिएको हो ।’
भानुभक्त प्राणी उद्यान क्षेत्रभित्र पर्ने चार सय पच्चीस हेक्टर क्षेत्रफल भूभाग समेटिई तारबार लगाएर संरक्षण गर्ने कार्य थालिएको उनले बताए ।
विसं २०७३ माघ २० गतेको नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार विसं ०७४ बैशाख १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी भानुभक्त प्राणी उद्यानको घोषणा गरी प्रक्रिया अघि बढाइएको हो ।
पर्या–पर्यटन प्रबद्र्धन गरी स्थानीय जनताको जीवनस्तर बृद्धि गर्न,घाइते तथा टुहुरा बन्यजन्तुको उद्वार तथा व्यवस्थापन,नेपालका रैथाने र गैर–रैथाने बन्यजन्तुको संरक्षण,वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने लगायतका उद्वेश्यका साथ प्राणी उद्यान स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लाबाट मुआब्जा निर्धारण गरी मन्त्रालयमा पठाइसकिएको र मन्त्रालयबाट बजेट निकासा नहुँदा बितरण गर्न नसकिएको बताए ।

जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने कुनै पनि कार्य रोकिएको छैन् । उनले भने,‘जिल्ला मुआब्जा निर्धारण समितिले निर्णय गरेर पठाइएको छ,मन्त्रालयबाट बजेट आउने बित्तिकै मुआब्जा पाउनेछन् ।’

शान्तिपूर्ण धर्ना ः
भानुभक्त प्राणी उद्यान मुआब्जा पिडित संघर्ष समितिले मंगलबार सो कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका छन् । मुआब्जा पिडितहरुले ताला लगाएपनि केही समयपछि खोलेको कार्यालय प्रमुख पन्थले जानकारी दिए ।
एक महिना अघि पनि मुआब्जा पिडितहरुले कार्यालयमा आएर ज्ञापनपत्र पनि बुझाएका थिए । मुआब्जा आएको छैन्,उनले भने,‘ केही समय साँकेतिक स्वरुप बिरोध गर्नु भएको हो,उनीको माग जायज नै छ ।’

गत आर्थिक बर्ष ०७९÷०८० र आर्थिक बर्ष ०८०÷०८१ गरी दुई आर्थिक बर्षमा मुआब्जा रकम निकासा नभएको उनले बताए ।
कार्यालयको तर्फबाट ०७८ भदौ २० गते नै टुङ्ग्याइदिएको उनले जानकारी दिए । ०७८ माघ २७ गते विभागबाट अर्थमन्त्रालयमा फाइल पठाएपनि बजेट निकासा नहुँदा परिणाम आउन नसकेको हो,उनले भने,हाम्रो तर्फ गर्नुपर्ने कुनै कसुर बाँकी राखिएको छैन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS