तनहुँ
पुष्पलालको स्मृति दिवसका अवसरबमा नेकपा एमाले तनहुँले आयोजना गरेको बृक्षारोपण कार्यक्रम गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक धरोहर नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवसका अवसरमा व्यास ४ मा रहको कालिका जंगल पार्कमा बृक्षरोप कार्यक्रमको आयोजना गरिएको हो ।
नेकपा एमाले तनहुँका ईन्चार्ज तिलक महत , केन्द्रिय सदस्य एक बहादुर श्रेष्ठ,तनहुँ जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ,उपाध्यक्ष हरीराज कडेंल,सचिव राजेश्वर ढकाल,उप सचिव प्रदीपराज अधिकारी,जिल्ला नेता श्रीराम कार्की ,प्रेमप्रसाद पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । सो अवसरमा पार्कमा विरुवा विभिन्न जात २५ वटा रोपिएको थियो ।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए ।
नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।
राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो ।
२०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।