damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

तीन महिनामै खानेपानीको योजना सम्पन्न

तनहुँ,

म्याग्दे गाउँपालिका –४ पिपलटारमा रहेको मनहरी पिपलटार खानेपानी आयोजनाको काम तिन  महिनामा नै पुरा भएको छ । खानेपानी आयेजना निर्माण सम्पन्न भएपछि    खानेपानीको ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका सो ठाउँका बासिन्दाको खानेपानीको समस्या समाधान  भएको छ ।

आयोजनाको लागि  ८० लाख बजेट वैशाख अन्तिम हप्तामा बिनियोजन गरेपछि काम अघि बढेको  मनहरी पिपलटार खानेपानी तथा सरसफाई समितिले जनाएको छ । काम शुरु भएको   तिन महिनामा नै खानेपानीको इन्टेक र रिजर्भ ट्याङ्की निर्माण , नयाँ पाइपलाइन बिछ्याउने र घर घरमा धारा जडान गरी पानी उपलब्ध गराउने काम पुरा भएको समितिका अध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिए ।  काम पुरा भएसँगै एक सय ३८ घर परिवार लाभान्वित भएको अधिकारीले बताए ।

गत चैतमा खानेपानीको ट्याङ्कीमा हत्या गरि फालिएको महिलाको लास भेटिए पछि नयाँ खानेपानी आयोजना शुरु गरिएको सचिव सचिव चन्द्रकुमार मल्लले बताए। । पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षिया शान्ति श्रेष्ठको शव हत्या पछि ट्याङ्कीमा फालिएको अवस्थामा भेटिएको थियो । पानीमा दुगन्ध आउन थालेपछि ट्यांकी खोलेर हेर्दा शव भेटिएको थियो ।
तनहुँ क्षेत्र नं. २ का सांसद भण्डारीको पहलमा सङ्घीय सरकारको अर्थ र खानेपानी मन्त्रालयले उक्त आयोजनाका लागि सांसद भण्डारीले तत्कालै काम अघि बढाउन निर्देशन दिएपछि बजेट विनियोजन भई काम सम्पन्न भएपछि स्थानीय खुसी भएका छन्  । खानेपानी पुनस्थापन आयोजनाको यही साउन ७ गते आइतबार सांसद भण्डारीले उद्घाटन गर्ने कार्यक्रम राखिएको समितिले जनाएको छ ।

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढेको थियो । नेपाली कांग्रेस तनहुँका सदस्य तथा स्थानीय बासिन्दा हुतमणी अधिकारीले सांसद भण्डारीले सम्बन्धित निकायलाई तत्काल काम गर्न भनेको र कामबारे बारम्बार चासो दिएकोले काम चाँडै सम्पन्न भएको जानकारी दिए ।  शव भेटिएको पानीको ट्याङ्की सफा गरेपनि पानी नखाने स्थानीयले बताएपछि नयाँ योजना सञ्चालन गरिएको उनले बताए ।  छोटो समयमा काम हुनुमा स्थानीय बासिन्दाको सक्रिय भएर लागेकोले सफलता मिलेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

sukala