images
images

व्यास नगर साइनिङ्ग स्टारको ९ औँ संस्करण हुने

images

तनहुँ

व्यास नगर साइनिङ्ग स्टारको ९ औँ संस्करण अडिसन यही साउन १२ र १३ गते हुने भएको छ ।जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ्ग स्टारको नवौं संस्करणको अडिसन व्यास–४ स्थित दमौली कलेजको प्रांगणमा हुने आयोजकले जानकारी दिएको छ ।

दमौलीमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले व्यास नगर साइनिङ्ग स्टारको नवौं संस्करणका बारेमा जानकारी गराएको हो ।यस कार्यक्रमको फिनाले भने भदौ १५ गते हुने जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाले जानकारी दिए । यसअघि नगर क्षेत्रका ९–१४ बर्षका बालबालिकाले अडिसन दिन पाउने व्यवस्था रहेकोमा यस बर्षदेखि १०(१५ बर्ष सम्मका बालबालिका अडिसनमा सहभागी गराइने उनले बताए ।

अडिसनबाट छनोट हुने २०जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने कार्यक्रमका मुल संयोजक अजर नागिलाले जानकारी दिए । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा उनले बताए । व्यास नगर साइनिङ्ग स्टार २०२२को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार,२३ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माईल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने आयोजकले जानकारी दिएको छ ।१० विधामा उत्कृष्ट हुनेलाई जनही रु ।२ हजार र आकर्षक पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम मुल संयोजक नागिलाले बताए ।

व्यास नगर साइनिङ्ग स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरीरहेकाले यसले समाजलाई महत्वपूर्ण योगदान पुगेको पुर्व अध्यक्ष एकप्रसाद श्रेष्ठले बताए । प्रतियोगिताको मुख्य उद्देश्य नै व्यक्तित्व र नेतृत्व विकास भएको बताउदै बालबालिकालाई टिकट विक्री गर्न प्रेसर नगर्ने उनको भनाइ थियो । उनले भने ूविद्यालय समय प्रभावित नहुने गरि पढाइको अतिरिक्त हामीले बालबालिकाको जीवन सफल र सार्थक बनाउन विभिन्न जीवनपयोगी सीप प्रदान गर्ने गर्छौंू।

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ्ग स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको महासचिव सुनिल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको माध्यम बनेको कार्यक्रम अझै एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान बनाउन लाग्नु पर्ने सुझाव दिएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS