images
images
images

बीपीको योगदान र महिमालाई व्यवहारमा उर्तान जोड

images

तनहुँ
विपी योगदान र महिमालाई व्यवहारोन्मुख बनाउन वक्ताहरुले जोड दिएका छन् ।
४१ औं विपी स्मृति दिवसको उपलक्ष्यमा शनिबार दमौलीमा गरिएको कार्यक्रममा वक्ताहरुले सो धारणा राखेका हुन् । विपीको मार्गमा हिड्न आग्रह गरे । नेपाली कांग्रेस तनहुँका निबर्तमान सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने विपी कोइरालाबाट राजनीतिक कठोर यात्रमा सिद्धान्त र इमान र अडानको लागि कहिल्यै झुक्नु हुँदैन भन्ने प्रेरणा प्राप्त हुने बताए।

विपीको आदर्श र मागदर्शनलाई भुल्न नहुने उल्लेख न्यौपानले बताए । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्र निर्माणमा विपिको विचार अहिले पनि सान्दर्भिक रहेको नगर प्रमुख न्यौपानेले बताए। मौलिक हक अधिकारको प्रत्याभूत नभएको , अदालतका सवल नभएको अवस्थामा बीपीले कानुनी शासन र संविधानबादको मूल्य मान्यताको स्थापित गर्न प्रयत्न गर्नु भएको काम सबैको लागि प्रेरणको स्रोत भएको न्यौपानेले बताए।

बिपी मित्रता र सद्भाव आज झन् महत्व बढेको उनको भनाई थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले उनीहरुले विपीको राजनिती र साहित्यमा महत्पूर्ण योगदान रहेको बताएका थिए । नेपाली कांग्रेस क्षेत्र नम्बर १ ९क० का सभापति काजीमान श्रेष्ठ, नेपाल तरुण दल तनहुँका सभापति हिरा थापा, व्यास लगायतले बीपीले देखाएको बाटो नहिड्ने हो भने कांग्रेस कमजोर हुने बताउनुभयो । साथै वक्ताहरुले इमान्दारितापूर्वक जनताको सेवामा लाग्नुपर्नेमा जोड दिएका थिए ।

बीपी स्मृति दिवको उपलक्ष्यमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ ९क० को आयोजनामा दमौली स्थित निर्मल माध्यामिक विद्यालयमा वृक्षारोपण तथा गोडमेल कार्यक्रम, नेपाल तरुणदल तनहुँको आयोजनामा दमौली अस्पतालका विरामीलाई फलफूल तथा रक्तदान लगायतका कार्यक्रम गरिएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल परेका थिए ।

१९७१ साल भदौ २४ मा जन्मेका कोइराला क्यान्सर रोगबाट थला परेर २०३९ साउन ६ गते निधन भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्र्ष गरेका कोइराला २०१६ जेठमा प्रधानमन्त्री बन्नु भएका थिए । कोइरालाले साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनु थिए ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

काँङ्ग्रेसले प्रजातन्त्र र जनताका हित कसरी गर्न सकिन्छ भन्नेबारे बिपीको योगदानबाट शिक्षा लिनुपर्ने जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि कसैसँग कुनै प्रकारको सम्झौता नगरेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका बिपी २००७ सालको क्रान्तिका शीर्ष नेता रहेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS