images
images
images

जिल्लाका उत्कृष्ट सामुदायिक वन र पार्कलाई पुरस्कार

images

दमौली

जिल्लामा रहेका उत्कृष्ट सामुदायिक वन तथा पार्कमाहरु पुरस्कृत भएका छन् । डिभिजन वन कार्यालय तनहुँको आयोजनमा विहीबार एक कार्यक्रमको आयोजना गरी सामुदायिक वन तथा पार्क सिमितका अध्यक्षहरुलाई सम्मान गरिएको हो ।आव २०७९÷८० मा समुह ब्यवस्थापन र वन ब्यवस्थापन उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उनीहरुलाई नगद सहित सम्मान गरेका हुन् । वन क्षेत्रको ब्यवस्थापन ,समहु ब्यवस्थापन ,समावेशीता लगायत वन पैदावरको सदुपयोग लगायतका सुचकहरुको आधारमा सहमुहलाई सम्मानित गरिएको जिल्ला वन कार्यालय तनहुँले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले प्रजिअ रिजालले सामुदायिक वनहरुले गरिवि निवारण र जिविको पार्जनमा परीस्कृत ढङगले काम गर्न आवश्यकरहेको बताए । सामुदायिक वनले राम्रो कामको जानकारी पाउदा आफुँ खुशी रहेको बताए ।

प्रजिअ रिजाले मानव वन्यजन्तुको द्वन्द्व कम गर्ने हिसाबले काम गर्नु पर्ने समेत बताए ।
पुरस्कृत हुनेमा भाण्डारी पाखा सामुदायिक वन उपभोक्ता समिति व्यास ८ र ९,साखर सामुदायिक वन उपभोक्ता समिति शुक्ला २ ,आहाल डाडा सामुदायिक वन उपभोक्ता समुह बन्दीपुर ४ लाई सम्मान गरिएको हो ।

यसैगरी पार्कहर तर्फ बन्दिपुर शहिद पार्क र शहिद कृष्ण पार्कलाई सम्मान सहित पुरस्कार प्रदान गिरएको थियो ।
कार्यक्रम जिल्ला वन कार्लायका प्रमुख कोमलराज काफ्लेको अध्यक्षता सम्पन्न भएको थियो । जिल्ला ६ सय भन्दा बढी सामुदायिक वन रहेका छन् ।

यसैगरी सामुदायिक वन उपभोक्ता समन्वय समिति शुक्लागण्डकीका रामचन्द्र खनालले  उत्कृष्ट काम गरेवापत सम्मानीत भएका छन् । त्यसैगरी कार्यालयमा उत्कृष्ट काम गर्ने कार्यालयका कर्मचारी कृष्ण बहादुर राना समेत सम्मानीत भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS