images
images
images

स्वास्थ्य कार्यलय तनहुँको बार्षिक प्रगती सार्वजनिक

images

दमौली, ०१ साउन ।
स्वास्थ्य कार्यलय तनहुँको आर्थिक वर्ष २०७९÷८०को बार्षिक प्रगती विवरण सार्वजनिक गरेको छ । मंगलबार दमौलीमा आयोजित एक कार्यक्रममा कार्यालयले आफ्ना प्रगती विवरण सार्वजनिक गरेको हो ।
कार्यालयले गएको आर्थिक बर्षमा वित्तिय प्रगती ७२. ६२ प्रतिशत र भौतीक प्रगति ९९. रहेको स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । अधिकारीका अनुसार पुजीगत तर्फ ९८.६९ प्रतिशत र भौतिक तर्फ १०० प्रतिशत प्रगती भएको र आ ब २०७९÷ ८० मा प्रदेश समानिकरण तर्फ बित्तिय प्रगती ८२ प्रतिशत र भौतीक प्रगती ९९ प्रतिशत रहेको र संघ तर्फ ५४ प्रतिशत बित्तिय प्रगती र ७९ प्रतिशत भौतीक प्रगती रहेको बताए ।

कार्यलयले मुख्य कार्यक्रम अन्तरगत १ हजार३८ विपन्न, दलित र अपाङगता भएका सुत्केरी महिलाहरुलाई पोषण भत्ता वितरण गरेको जनाएको छ । वैदेशिक रोजगारमा जाने युवायुवतीहरुका लागि स्वस्थ्य सचेतना एवं स्वास्थ्य परिक्षण गरेको कार्यलयले जनाएको छ । खानेपानी आयोजनाको बातावरणीय लेखाजोखा तथा निशुल्क खानेपानी परीक्षणले १० वटा स्थानीय तहको ७६ वटा नमुना परिक्षणमा ४० धारा, मुलकुवा ७, ट्याडकी १४ र फिल्टरेशन परीक्षण समान गरेको अधिकारीले जनाकारी दिए ।
जिल्ला पुर्ण खोप घोषण साथै निःशुल्क परिवार नियोजन बन्ध्याकरण शिविरमा ६३ पुरुष र ३८ महिला गरी कुल १ सय ११ जनाले लाभ लिएको स्वास्थ्य कार्यालय तनहुँका सुचना अधिकारी सुदिप कडेलले जनाकारी दिए ।

९ जना स्वंययसेवीका लाई सम्मान तथा १९ जनालाई तालिम प्रदान समेत गरिएको कडेलले बताए । एच.आई.भि लगाएत अन्य रोगको सर्भिलेन्स र जना नयाँ बिरामी पत्ता लगाई उपचार गरिएको र डेगु रोगको लाडखुट्को बासस्थान तथा लार्भा नष्ट गरिएको कार्यालयका राजेन्द्र रानाभाटले बताए । यसैगरी स्वास्थ्य कार्यालयले कार्यसम्पादन गर्ने क्रमा सबैपक्षको सहयोग रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्य निरिक्षक महोदत्त ढकालले बताए ।नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले स्वास्थ्य कार्यालयले राम्रोसँग कार्य सम्पादन गरेको बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS