damuli hospatail

२४ मंसिर २०८०, आईतवार

विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

तनहुँ

तनहुँको साविक अरुणोदय गा.वि.स.का सचिव कृष्णराज तिमिल्सिनाले छोरा रविकिरण तिमिल्सिनाको विवाहको अवसर पारी सोही ठाउँमा रहेको एक विद्यालयका विद्यार्थीहरुलाई झोला, विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेका छन ।

भिमाद नगरपालिका २ बिरुवा जौपानी स्थित सिद्ध आधारभूत विद्यालयका विद्यार्थीहरुलाई तिमिल्सिना परिवारले उक्त सामग्री वितरण गरेका हुन । छोरा रविकिरण र स्वीकृति पन्थ दाम्पत्य जीवनमा प्रवेश गरेको अवसर पारी ति विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको जानकारी उनले दिए । कृष्णराज, उनका छोरा रविकिरण र बुहारी स्वीकृति पन्थले वडा अध्यक्ष दिनेशकुमार थापा र वि.व्य.स.का अध्यक्ष रामबहादुर थापालाई झोला, विद्यालय पोशाक, शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । २९ जना विद्यार्थीहरुलाई तिमिल्सिना परिवारले शैक्षिक सामग्री, झोला र विद्यालय पोशाक वितरण गरेका हुन ।

सोही अवसरमा बोल्दै वडा अध्यक्ष थापाले तिमिल्सिना परिवारले गरेको सहयोगले विद्यार्थीहरुलाई राहत मिलेको बताए । कार्यक्रममा कार्यपालिका सदस्य स्यानीमाया थापा, वडा सचिव गोपालकृष्ण सुवेदी, रेशबहादुर राना, गोविन्द आले, लगायतकाले तिमिल्सिना परिवारले गरेको सहयोग उदाहरणीय र नमुना कार्य भएको बताएका थिए । सामग्री पाउदा विद्यार्थीहरु उत्साहित भएका थिए । शैक्षिक सामग्री वितरण गर्ने तिमिल्सिना परिवारलाई विद्यालयका अध्यक्ष थापाले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

sukala