images
images
images

सामुदायिक बिद्यालय महासंघ तनहुँको अध्यक्षमा न्यौपाने

images

दमौली
सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ नेपाल तनहुँको प्रथम जिल्ला अधिवेशन सनिवार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले व्यासका विष्णुभक्त न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । महासंघको उपाध्यक्षमा भिमादकि भगवती देवी भण्डारी र म्याग्देका सुशील भण्डारी , सचिवमा व्यासका केशरबहादुर आले , कोषाध्यक्षमा भानुकि मनु गुरूङ रहेकि छन् ।

समितिको सदस्यहरूमा भिमादका इसुफदिन मियाँ , भानुका खेमबहादुर श्रेष्ठ , व्यासका उर्मिला आचार्य ढकाल रहेका छन् । १५ सदस्य बन्ने कार्यसमितिमा सहसचिव लगायतका अन्य पद पछि पूरा गरिने बताइएको छ ।

कार्यक्रमको महासंघका केन्द्रीय उपाध्यक्ष पवित्रा घिमिरेले उद्घाटन गरेकि थिइन् । कार्यक्रमको उद्घाटन गर्दै घिमिरेले सामुदायिक बिद्यालय बिद्यालय व्यवस्थापन समिति एकजुट हुनुपर्ने बताइन् । हामी एकजुट भयौं भने हाम्रो अधिकार प्राप्त गर्न सकिन्छ घिमिरेले भनिन् ।
गण्डकी प्रदेश सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष टिकाराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सदस्य राजन आले , केन्द्रीय प्रतिनिधि जुक्तराज वाग्ले , प्रदेश प्रतिनिधि करूण राज काफ्ले लगायतले बोलेका थिए ।

कार्यक्रममा वक्ताहरूले औचित्य र आवस्यकताका आधारमा बिद्यालयलाई बजेट पार्नुपर्नेमा पहुँचका आधारमा बजेट पर्ने प्रथा रहेकोले यसको अन्त्य गराउन महासंघ स्थापना हुनुको मुख्य उद्धेश्य रहेको बताएका थिए । विद्यालय सफल बनाउन सामुदायिक बिद्यालय बलियो बनाउनुपर्ने र यहाँका अभिभावक हरू एक हुनुपर्ने उनिहरूको भनाइ थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS