images
images
images

एक्साभेटर दुर्घटनामा सहचालकको मृत्यु,चालक फरार

images

तनहुँ
जिल्लाको आबुखैरेनी–५ रसौलीमा आज ग ३ क ३९७४ नम्बरको एक्साभेटर दुर्घटना हुँदा सोही एक्साभेटरका सहचालकको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा जिल्ला सल्यान स्थायी घर भएका अन्दाजी बर्षीय २५ का खेमराज चलाउनेको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनको लागि २२० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको हो ।
आबुखैरेनी गाउँपालिका–५ रसौलीबाट स्काईभेटर अंन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खस्दा उक्त दुर्घटना भएको उनले बताए ।
स्काभेटर चालक जिल्ला चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकोले निजको खोजतलास भईरहेको प्रहरीले जनाएको छ । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS