दमौली १ बैशाख
राष्ट्रिय स्वतन्त्र पार्टीको यही बैशाख ३ गते दमौलीमा बृहत चुनावी सभा हुने भएको छ । तनहुँ क्षेत्र नं १ मा यही बैशाख १० गते हुनगईरहेको उपनिर्वाचनलाई लक्षित गरी आम सभाको आयोजना गरिएको हो ।
उक्त सभामा यात्रा सुशासन र समृद्धिको भन्ने नाराका साथ पार्टीका केन्द्रीय सभापति रबि लामिछाने, तनहुँका उम्मेदवार डा।स्वर्णिम वाग्ले, सांसद शोविता गौतम, सांसद डा.तोसिमा कार्की, केन्द्रीय सदस्य रमेश प्रसाई लगाएतले संबोधन गर्ने कार्यक्रम रहेको चुनावी संयोजक बिश्व बास्तोलाले जानकारी दिए । दमौलीको अनसन चौतारीमा दिउँसो २ बजे हुने कार्यक्रममा हजारौ मानिसहरुको उपस्थिति हुने बिश्वास गरिएको उनननले बताए ।
चुनावी मिति नजिकिदै गर्दा रास्वपाले घरदैलो अभियानलाई तीब्रता दिदै आएको छ । रास्वपाको घरदैलो अभियानमा जनलहर बढेसंगै काँग्रेस र एमालेका उम्मेदवारलाई चुनौती थपिएको बताइएको छ ।