images
images
images

जालझेल गर्न जान्दिन निष्ठाको राजनीति गर्छु ः सर्वेन्द खनाल

images

तनहुँ
तनहुँ क्षेत्र नं १मा प्रतिनिधी सभा सदस्यका लागि नेकपा एमाले बाट उम्मेदवारी दिएका सर्वेन्द्र खनालले जालझेलको राजनीतिगर्न नजाने पनि देश र जनताको हितकालागि राजनीति गर्न जानेको बताएका छन् ।

बुधवार प्रेस चौतरी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमाआफ्ना कुरा राख्दै खनालले सधैं देश र जनताको हितकालागि राजनीति गर्ने बताएका हुन ् ।
‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीतिगर्न जानेको छैन भन्ने लाल्छना लगाउछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिन तर राष्ट्रिय हितकालागि राम्रोसँग राजनीति गर्न जानेको छु’ । ‘उनले भने म यही ठाउँले जन्मिएको छोरो हुँ, यही माटोको कसम खाएर भन्छु बिकास र सेवा बाहेक अन्य स्वार्थ छैन’ ।
आफुसँग ३० वर्ष राष्ट्र सेवकको रुपमा काम गरेको अनुभव रहेको चर्चा गर्दै देशको भ्रष्टाचार र बेथिती नियन्त्रण र न्युनिकरणमा महत्वपूर्ण योगदानगर्न सक्ने दाबि गरे । ‘मेरो उम्मेदवारीमा देश र जनताको सेवाबाहेक अन्यकुनै स्वार्थ छैन, आमनागरिकको मुहारमा खुशी ल्याउने काममात्र गर्नेछु’ उनले भने ।

राजनीतिको लामो अनुभव नभएपनि मुलुकको कानुनी व्यवस्था र कार्यावन्यनका मामलामा नजिक रहेर काम गरेकाले संसदको रुपमा प्रभावकारी काम गर्न सक्ने उनले दाबि गरे । ‘सुशासन र सुरक्षाकालागि राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा मैले गरेको योगदानको समिक्षागर्ने हो भने यहाँ म भन्दा योग्यउम्मेदवार अरु लाग्दैन’उनले भने । साथै बिगतको कार्य दक्षता र योगदान नै आफ्नाजीतका आधार भएको उनले स्पष्ट पारे ।
समृद्धिका लागि सुरक्षित वातावरण अहरिहार्य भएकाले सुरक्षालाई प्रमुख प्रथामिकता दिएर भ्रष्टचारमाशुन्य सहनशिलता र पारदर्शीकालाई अग्र स्थानमा राख्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

जनताका समस्यामाभन्दा सत्ता केन्द्रित राजनैतिकप्रवृत्तिले जिल्लाको अपेक्षितबिकास नभएको उनले टिप्पणी गरे । ‘मलाई कसैसँग रिस, राग छैन सबैसँग समन्वय गरेर जिल्लाको पूर्वाधार निर्माण र बिकासका लागि काम गर्न चाहन्छु’उनले भने । जनताका सामु अनेकौं प्रतिज्ञा गरेर कामनर्गे प्रवृत्तितोडन चाहेको उनले बताए । प्रतिज्ञा बमोजिम काम गर्ने आफ्नो बानी रहेको समेत उनले दावि गरे ।
देशको पछिल्लो परिस्थिती, कानुनमा भएका त्रृटि र कमजोरीले आफुलाई राजनीतिमा होमिन प्रेरित गरेको उनी बताउछन् । सँगै सांसद अपहरण मुद्धाको प्रसंगमा उनले भने ‘म जीवनभर त्यस्ता अपराधका विरुद्ध लडेको मलाई राजनीतिक प्रतिशोध राखेर झुठो मुद्धाको आरोप लाइयो त्यसको पीडा मैले जीवनभर भोग्नुपर्ने भयो’ । साथै जनताको प्रतिनिधिको रुपमा कामगर्ने चाहनाभएकाले बिगतको योगदानलाई सृक्ष्म विश्लेषण गरेर मत दिन उनले आग्रह गरे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS