images
images
images

विद्यालय सुधार गर्न आबुखैरेनीका योजना , निःशुल्क बिमा देखि कर छुट सम्म

images

आँबुखैरेनी
सामुदायिक विद्यालय सुधार गर्न आबुखैरेनी गाउपालिका विभिन्न योजना अगाी सार्ने भएको छ । गाँउपालिकालेसामुदायीक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्वी गर्न तथा विद्यार्थीहरुको आर्कषण बढाउन बिभिन्न खालका कार्यक्रमहरु आगाडी बढाएको हो । सामुदायिक विद्यालय पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बिमा देखि कर छुट दिने तयारी गरी पालिकाले सुधारका बिभिन्न काम अगाडी बढाएको छ ।

आँबुखैरेनी गाँउपालिका अध्यक्ष शुक्र चुमानका अनुसार पालिकाका करिब १२ सय वालवालिकाहरुकालागि बाल बिकास देखि कक्षा ५ सम्मका सम्पुर्ण छात्र छात्रा लाई निःशुल्क ट्रयाक शूट, झोला, जुत्ता मोजा तथा टि सर्ट बितरण गरिएको बताए । विद्यालयमा भबन मा गर्नुपर्ने सम्पुर्ण मर्मत, छाना, फ्लोरिङ, रङ रोगन, डेस्क बेन्च फेर्ने चैत मशान्त सम्म गरी सक्ने श्रोत ब्यवस्थापन भएको पनि अध्यक्ष चुमानले बताए । समाुदायिक विद्यालयमा नर्सरी देखि २ कक्षा सम्म स्मार्ट टिभिराखी सिकाइ सहज गर्ने काम अगाी बढेको समेत बताए । सुधारका काम अन्र्तगत केही सामुदायिक बिद्यालय मा स्कुल ब्यवस्थापन गर्ने तयारी गरिरहेको समेत गाँउपालिकाकी उपाध्यक्ष दुर्गा आयालले बताइन् ।

सिकाइ गुणस्तर सुधारका लागि को लागि बिषयगत पर्याप्त दरबन्दी पठाउन गाउपालिका बाट नै आफ्नै श्रोत मा शिक्षक परिचालन गर्ने र आबुखैरेनी क्याम्पसका युबा विद्यार्थीहरुपरिचालन गर्ने तयारी पालिकाले गरेको समेत चुमानले बताए । पालिकाले यस अगाी नै जनप्रतिनिधि वालवालिका अनिवार्य सरकारी स्कुल विद्यालयमा पठनपाठन गर्ने र्निाय गरेको छ ।

आँबुखैरेनी गाँउपालिकाले सरकारीमा पढाउने परिवार लाई कर छुट र ३५ सय बराबरको स्वस्थ्य बिमा प्रति परिवार गर्ने तयारी गरिहेको समेत अध्यक्ष चुमानले बताए । गाँउपालिकाले वा नं। ४,५ र ६ को सरकारी स्कुल मा पढाउने परिवारको बिमा पालिकाले निशुल्क गर्ने तयारी गरेको पालिकाले जनाएको छ । विद्यालय सुधारका लागि सिं एन एस तथा साथी शिक्षक सस्थासँग सहकार्य गरेर ७ वा विद्यालमा शैक्षिक सुधारको काम अगाडी बढेको समेत पालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS