images
images
images

तनहुँ १ मा निर्वाचन लड्न माओवादीमा हानथाप

images

तनहुँ
वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा नेकपा माओवादी केन्द्रका नताहरुले उम्मेदवारी दिन हानथाप गरेका छन् । नेकपा माओवादी केन्द्र तनहुँको बैठकमा नेताहरुले उम्मेदवार गर्न हानथाप गरेका हुन् । केही दिन अघि बन्दिपुरमा बसेको बैठकले तनहुँ १ को रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा गठबन्धनको तर्फबाट दाबी समेत पेश गर्ने निर्णय गरेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा माओवादीसँगको गठबन्धनमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भई हाल राष्ट्रपति बन्नुभएकाले अब उक्त क्षेत्रमा माओवादीले दावी गर्ने माओवादी केन्द्रका केन्द्रिय कोषध्यक्ष श्रीराम ढकालले बताए । ‘उम्मेदवार बन्न माओवादीमा थुप्रै नेताहरु योग्य हुनुहुन्छ, यो क्षेत्र यस पटक माओावदीले पाउनुपर्छ भनेर पार्टीका शीर्ष नेतृत्वसँग कुरा भएको समेत ढकालले बताए ।
उप निर्वाचन हुने क्षेत्रमा भागबन्डा गर्दा तनहुँका माओावदीको भागमा पार्न केन्द्रीय नेतृत्व सँग मागेको एक अर्का नेताले बताए ।
माओवादी केन्द्रले सम्भावित उम्मेदवारको लिष्टमा पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल, केन्द्रीय सदस्य ओमकुमारी पौडेल, वैकल्पिक केन्द्रिय सदस्य हेमराज लामिछाने ‘छितिज’, गीता शाही, सूर्य बहादुर गौली, भिम राना र पूर्णसिं थापामध्ये एकलाई उम्मेदवार बनाउने माओवादीको तयारी छ । बैठक माओवादी केन्द्रका नेताहरु हरी बहादुर चुमान र आशा कोइरलाको समेत उपस्थिति रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS