images
images
images

तनहुँको मनहरीमा खानेपानीको ट्यांकीमा शब भेटियो

images

म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा रहेको खानेपानीको ट्यांकीमा भेटिएको शवको पहिचान नजिक प्रहरी पुगेको छ । प्रहरी निरिक्षक भानु शर्माका अनुसार उक्त शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ बर्षीया शान्ति श्रेष्ठको रहेको अनुमान गरिएको छ ।

‘श्रेष्ठ गत फागुन महिना देखि नै घरबाट हराएको भनि उनका आफन्तले कास्की प्रहरीमा निबेदन दिएका रहेछन्’ त्यसको आधारमा आफन्तलाइ खबर भएको प्रहरीले जनाएको छ ।
मनहरी क्षेत्रका १३८ घरधुरीमा वितरण गरिएको धाराबाट आएको पानीमा दुई दिन अघिबाट गन्ध आएपछि उपभोक्ताहरुले समितिमा जानकारी गराए सँगै पानी ट्याङ्किमा गई हेर्दा आइतबार बिहान सव भेटिएको थियो ।‘दुई÷तीन दिन अगाडिदेखि उपभोक्ताहरू बाट पानी गन्हायो भनि गुनासो आएको र बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देखि प्रहरीलाई खबर गरेको उपभोक्ता समितिले जनाएको छ ।

शवको प्रकृति हेर्दा संकाश्पद रहेको प्रहरीले जनाएको छ । शवलाई पोेष्टमार्टमको लागि दमौली अस्पतालमा ल्याइएको र घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS