images
images
images

जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा श्वास प्रश्वास उपचार सेवा सुरु

images

तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा रहेको जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाट विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ भएको छ ।
नेपाली राजनीतिका शिखरपुरुष तथा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइरालाको तेह्रौँ स्मृति दिवसको अवसर पारेर मंगलवारबाट विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ गरिएको हो । स्थापनाको प्रारम्भिक चरणदेखी जनरल मेडिसिन लगायतका सेवा प्रदान गर्दै आइरहेको उक्त केन्द्रले १२ बर्षपछि श्वासप्रश्वास विशेषज्ञ डाक्टर शैलेश गुरुङको नेतृत्वमा सेवा सुरु गरेको हो ।

अस्पतलाका बोर्ड सदस्य शेषमणि आचार्यको श्वासप्रश्वासको परिक्षण गरी सेवाको शुभारम्भ गरिएको केन्द्रका कार्यकारी निर्देशक राम कुमार श्रेष्ठले बताए । नेपालको हकमा श्वासप्रश्वास सम्बन्धी रोगमा क्षयरोग, निमोनिया, दम, फोक्सोको क्यान्सर सम्बन्धी रोगहरु दिनप्रतिदिन बढ्दै गएको र हाललाई श्वासप्रश्वास सम्बन्धी रोगीहरुलाई मध्यनजर गर्दै सेवा सुरुवात गरिएको निर्देशक श्रेष्ठले बताए ।

पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको फोक्सोको क्यान्सरबाट निधन भएकोमा आगामी दिनमा यस्तो समस्याबाट जनताले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले स्थापित यस उपचार केन्द्रलाई दक्षिण एसियाको अन्तराष्ट्रिय स्तरमा श्वासप्रश्वास उपचार केन्द्र बनाइने लक्ष्य रहेको बोर्ड सदस्य शेषमणी आचार्यले बताए ।
श्वासप्रश्वास विशेषज्ञ डाक्टर शैलेश गुरुङले श्वासप्रश्वास सेवा सुरु गरेपछि हाललाई फोक्सो सम्बन्धी समस्या भएका विरामीहरुको पूर्ण रुपमा उपचार पाउने बताउदै आगामी दिनमा चाहिने विभिन्न उपकरणहरु थप गरी सेवालाई थप विस्तार गरिने बताए । सेवा प्रारम्भ संगै तनहुँ लमजुङ, गोर्खा, कास्की, स्याङ्जा लगायतका जिल्लाका श्वासप्रश्वास सम्बन्धी विरामीहरुले सेवा पाउने जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS