damuli hospatail

२४ मंसिर २०८०, आईतवार

धरमपानीमा निःशुल्क दन्त शिविर

डुम्रे

बन्दीपुरको धरमपानीमा निःशुल्क दन्त शिविर सकिएको छ । बन्दिपुर गाउँपालिका वडा नं. ६ को धरमपानी स्वास्थ्य चौकीम निःशुल्क दन्त शिविर आयोजना गरिएको थियो । दन्त शिविरमा करिव १ सय २५ जनाले सेवा लिएको बन्दिपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बलबहादुर गुरुङ बताउँछन् ।

वडा नं ६ को आयोजना र ढोरबाराही डेन्टल केयर सेन्टर दमौलीको सहयोगमा शिविर चलेको हो । गाउँमा निःशुल्क दन्त शिविर चल्दा स्थानीय निकै उत्साहित थिए।

वडाध्यक्ष गुरुङका अनुसार आर्थिक अभावका कारण दाँतको रोग पालेर बसेकाहरुको उपचार गर्न पाउँदा चिकित्सक टोली पनि खुसी भएका थिए। निःशुल्क उपचार सेवा पाउँदा स्थानीय पनि हर्षित थिए ।
गाउँमा दन्त रोगी धेरै भएकोले पटक पटक दन्त शिविर सञ्चालन गर्नु पर्नेमा जोड दिइएको छ। गाउँमा बालबालिकादेखि बृद्धबृद्धासम्म दन्त रोगी भेटिए । शिविरमा स्थानीय स्वास्थ्यकर्मी र चिकित्सकले उपचार सेवा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

sukala