damuli hospatail

२४ मंसिर २०८०, आईतवार

पत्रकार महासंघको स्थापना दिवसमा तनहुँका सात पत्रकारलाई पुरस्कृत गरिने

दमौली
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले यही चैत १६ गते विविध पुरस्कार अर्पण गरी स्थापना दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । महासंघका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा शुक्रबार बसेको कार्य समितिको बैठकले विभिन्न ब्यक्तिहरुद्वारा स्थापित पुरस्कार अर्पण गरी दिवस मनाउने निर्णय भएको हो ।
तनहुँ शाखाको संरक्षकत्वमा रहेको महासंघका पूर्व अध्यक्ष मुक्तिनाथ खनालद्वारा स्थापित स्व.भवानी खनाल स्मृती पत्रकारीता पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिने निर्णय गरेको छ । सो पुरस्कारको राशी.१५ हजार रुपयाँ रहेको सचिव प्रताप रानाले जानकारी दिए ।
इन्जिनियर स्व.हरिभक्त भट्टराई स्मृति पत्रकारीता पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहदाुर अधिकारी, भोर्लेली केवल बहादुर स्मृति पुरस्कार शाखाका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई र सुरज गुरुङ स्मृति पत्रकारीता पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओकार आचार्यलाई प्रदान गर्ने निर्णय भएको महासंघले जनाएको छ । अधिकारी र भट्टराईलाई नगद रु.१०÷१० हजार र आचार्यलाई नगद रु.पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै टिकानिधी ढुङ्गाना स्मृती व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, पत्रकार एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरणहरी पत्रकारीता पुरस्कार साने बहादुर नेपाली र स्वर्गीय पुरुषोत्तम काफ्ले स्मृति युवा पत्रकारिता पुरस्कार पवन पौडेललाई प्रदान गर्ने निर्णय भएको रानाले बताए। शर्मा, नेपाली र पौडेललाई रु.१० हजारका दरले पुरस्कृत गरिनेछ ।
त्यसैगरी बैठकले तनहुँका आदरणीय व्यक्तित्व रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई तथा सफल कार्यकाल शुभकामना दिने निर्णय गरिएको छ । नेशनल इलेक्ट्रोनिक्सका प्रोप्राइटर सागर अधिकारीले छोराको जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँलाई २१ हजार रुपैयाँ बराबरको फ्रिज दिनुभएकोमा हार्दिक धन्यवाद दिने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala