damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

नेपाल शिक्षक संघ तनहुँको अध्यक्षमा ५ जना प्रतिस्पर्धामा

तनहुँ

नेपाल शिक्षक संघ तनहुँको अध्यक्षमा ५ जनाले प्रतिस्पर्धा गर्न भएका छन् । संघको अधिवेशन अन्तर्गत सोमबार उम्मेदवारहरुको अन्तिम नामवली प्रकाशनमा ५ जनाको उम्मेदवारी कायम रहेको छ । अध्यक्षका लागि रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट, चन्द्रमणि कोइराला प्रतिस्र्धा गर्ने भएका छन् । अध्यक्षमा उम्ेमदवारी दर्ता गराएकी रसमाया गुरुङले गुमेदवारी फिर्ता गरेकी छन् ।
महिला उपाध्यक्षका लागि लक्ष्मी मल्ल र शान्ता बास्तोलाको प्रतिस्पार्धामा उत्रने भएका छन् । । खुल्ला उपाध्यक्षका लागि रामदत्त पौडेलले उम्मेदवारी फिर्ता लिएपछि अशोकचन्द्र वाग्ले र शिवलाल पन्थ मैदानमा रहेका छन् ।
खुल्ला सचिवका लागि दिपक न्यौपाने र नरेन्द्र न्यौपानेको उम्मेदवार रहेको भएपनि दिपक न्यौपानले फिर्ता लिएपछि नरेन्द्र न्यौपाने सर्वसम्मत भएका छन् । अर्थ सचिवका लागि राजु ढकाल र कृष्णप्रसाद तिवारी, सहसचिव खुल्लाका लागि विजयराज खनाल, दयाराम कट्टेल, गोविन्द खड्का खेमराज रेग्मी, अर्थ सहसचिवका लागि रिसीमाया राना मगर, महिला सहसचिवका लागि शारदा अधिकारी, समावेशी सहसचिवका लागि विष्णुप्रसाद श्रेष्ठ, नन्दवहादुर थापा, महेन्द्रकुमार श्रेष्ठ र तुलबहादुर गुरुङ चुनावी मैदानमा रहेका छन् । निर्वाचन कार्यतालिका अनुसार शिक्षक संघको नयाँ नेतृत्व चयनका लागि फागुन २४ गते मतदान हुनेछ ।
उम्मेदवारी दर्ता गराएर शिक्षकहरु प्रचार प्रसार जुट्न थालेका छन् । नेपाल शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरु समेत आफुअनुकुल नेतृत्व ल्याउनका लागि लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्