damuli hospatail

२४ मंसिर २०८०, आईतवार

नेपाल शिक्षक संघ तनहुँको अधिवेशन सुरु , अध्यक्षमा आधा दर्जन आकांक्षी

तनहुँ

नेपाल शिक्षक संघ तनहुँको नवौं जिल्ला अधिवेशन शनिवार बाट सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्दै नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षकहरुले भविष्यका कर्णधार विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा लाग्नुपर्नेमा जोड दिदै पेशागत हितमा लाग्न आग्रह गरे ।

नेपाल शिक्षक संघ तनहुँका कार्यबाहक अध्यक्ष रसमाया गुरुङको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन सत्रमा शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिवमणी लामिछाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शिक्षक संघ तनहुँका उपाध्यक्ष ओजराज बगाले, नेपाली कांग्रेस शिक्षा शाखा प्रमुख अम्बिका घिमिरे, शिक्षा विकास समन्वय इकाईका प्रमुख वसन्तराज पौडेल लगायतले शिक्षकले निजामती सरह सुविधा प्राप्त गर्न नसेकोले सबैजना एक जुट भएर समान सुविधा हुन दबाब दिन आवश्यक रहेको कुरामा जोड दिए । अधिवेशनमा शिक्षक संघ जिल्ला कार्य समितिका सचिव अर्थका नरेन्द्र न्यौपाने र कार्यबाहक सचिव कल्पना परियारले आआफ्नो प्रतिवेदन पेश गरेका थिए ।

अधिवशनमा रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट, रसमाया गुरुङ, ओजराज बगाले लगायतले अध्यक्षतामा उम्मेदवारी दिने घोषणा गदैै आएका छन् । भने सर्वसम्वत हुने सम्भावना कम रहेकाले निर्वाचन हुने सम्भावना बढिरहेको एक शिक्षक नेताले बताए । अन्य पदहरुमा पनि निर्वाचन हुन सक्ने पनि ति शिक्षक नेताले बताए ।

अध्यक्षका आंकाक्षी मध्ये रमेश बावु भट्टराईले प्रचार प्रचार सहित मत माग्न थालेका छन् । अन्य उम्मेदवार भन्द भट्टराईको चर्चा प्रचार प्रसार बढी रहेको एक शिक्षकले बताए । नयाँ कार्य समितिका लागि आज उम्मेदवार दर्ताको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala