म्याग्दे गाँउपालिका वडा नं ६ मा रहेको श्री प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकउत्सव कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्थानिय स्तरवाट नै पहल गर्नुपर्ने वताए । संस्थागत विद्यालयमा पढाउन ठुलो खर्च गर्ने अभिभावकहरु सामुदायिक विद्यालयलाई उपेक्षा गर्दा यसको विश्वासनियता नै घटेको समेत वताउनुभयो । सरकारी विद्यालयको शिक्षकहरु हरेक पक्षमा सवल हुदाँ हुदाँ पनि स्थानिय वासीहरुले वेवास्ता गर्दा यसको महत्व घटेको समेत वहाँले वताए । राज्यले आम नागरिकलाई शिक्षामा पहुँच वनाउनको लागी ठुलो खर्च गरेको तर त्यसको उपयोगिता नहुदाँ सरकारी विद्यालय र शिक्षक नै उपेक्षामा परेको समेत वताए ।
आधुनिकताको नाममा संस्थागत विद्यालयमा पढाउने होडवाजीले शिक्षा क्षेत्रमा नै विकृति निम्तिएको हुदाँ सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नुको विकल्प नभएको समेत वहाँले वताए। सरकारी विद्यालयले नै विद्यार्थीको अभिन्न अंग वनेको हुदाँ स्थानिय समुदाय नै विद्यालयको गुणस्तर वनाउन लाग्नुपर्ने समेत उनले वताए ।
यसैगरि कार्यक्रमका विशिष्ट अतिथी म्याग्दे ६ का वडाध्यक्ष हिरा गुरुङले आम नागरिकले आफनो भुमिका वहन नगर्दा सरकारी विद्यालयप्रति आम जनताको नैराश्यता वढेको वताए । संंस्थागत विद्यालयमा पढाउनका लागी अभिभावकले विद्यार्थीमा ठुलो लगानी गरेको तर त्यहि शिक्षा प्राप्त हुने सरकारी विद्यालयमा भने त्यहि विद्यार्थीलाई गरिने व्यवहारमा विभेद भएको वताए । वोडिङ्गमा माशिक फि तिर्न सक्ने, विद्यार्थीलाई ड्रेस किन्न सक्ने, विभिन्न नाममा चर्को शुल्क लिने वोडिङ्गमा जे गरेता पनि नवोल्ने अभिभावक सरकारी विद्यालयमा सरकारले गरेको लगानीमा भने सधै प्रश्न चिन्ह खडा गर्ने वताए ।
विद्यालयको प्रधानाध्यापकले वार्षिकउत्सव कार्यक्रममा विद्यालयको आर्थिक तथा भौतिक प्रतिवेदन पेश गरेका थिए भने सोही अवसरमा विभिन्न विद्यालयमा योगदान दिने चन्दादाता, समाजसेवीलाई सम्मान समेत गरिएको थियो ।