images
images
images

व्यास नगरपालिकाको घुम्ती शिविरमा २८ सय भन्दा बढीले लिए स्वास्थ्य सेवा

images

तनहुँ
व्यास नगरपालिका कार्यालयद्वारा संचालन भएको एकिकृत घुम्ती सेवा शिविरमा २८ सय २१ जनाले स्वास्थ्य सेवा लिएका छन् । पुष ११ गतेबाट २६ गते सम्म नगरका बिभिन्न वडामा संचालित शिविरमा सो सेवा लिएका हुन् । शिविरमा १८ सय ५ महिला र १ हजार १६ पुरुषले सेवा लिएको व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले बताए ।

शिविरमा बहिरङ्ग सेवा १९ सय ४७ जनाले, सुगर परीक्षण २३ सय २८ जना,मलेरीयाको परीक्षण १०८ जनाले ,एच.आई भि परीक्षण १ सय ६३जनाले,खकार परीक्षण १ सय ५५ जनाले सेवा लिएका थिए । शिविरमा अस्थायी परिवार नियोजनको सेवा २४ जनाले, महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण ८ सय ७६ जनाको  परीक्षण भएको थियो । वडाबासीलाई घरदैलोमा सेवा उपलव्ध गराउने उद्देश्यले नगरपालिका मातहतका वडाहरुमा निशुल्क शिबिर प्रभावकारी भएको स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख सोतीले बताए ।

आफ्नो घरदैलोमा सेवा पाउँदा नगरवासीहरुले खुशी ब्यक्त गरेका थिए । शिविरमा स्वास्थ्यका अलवा भेटेरिनरी,कृषि,ज्येष्ठ नागरिक,आर्युेवेद लगायतका सेवा प्रदान गरिएको थियो । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले नागरिकको आवश्यकता अनुरुप यस्ता शिबिर आयोजना गरी सेवा दिन  नगरपालिका सदैव तत्पर रहेको बताए ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS