images
images
images

किसानहरुलाई वयस्क विज्ञान साक्षरता प्रशिक्षण

images

तनहुँ
तनहुँको व्यास ५ क्षेत्रको कृषि उत्पादन बढाउने उद्देश्यले किसानहरुलाई वस्यक विज्ञान साक्षरता प्रशिक्षण प्रदान गरिएको छ ।
अमेरिका स्थित रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाईको सहयोगमा रोटरी क्लब अफ दमौलीले गर्दै आएको आधारभुत शिक्षा सुधार परियोजना अन्तर्गत सो क्षेत्रका किसानहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।
उक्त परियोजनामा नमुनाका लागि छनोट भएका उक्त क्षेत्रका २ वटा विद्यालय र चुदेरमा मंगलबार एकै साथ वस्यक विज्ञान साक्षरता प्रशिक्षण सम्पन्न भएको हो ।
उदय मावि, जनयुक्त शाही मावि र चुदेर गाउँमा २५÷२५ जना किसानहरुको समूह विभाजन गरी विदेशी विज्ञ सहित अष्ट जका प्रशिक्षकहरुबाट प्रशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक हरिसिंह गुरुङले जानकारी दिए ।
किसानहरुलाई अष्ट जका बिदुर कोइराला, रोटरी क्लब अफ दमौलीका उपाध्यक्ष वीणा कैनी र रोटरी क्लब अफ सनसेट हुनुलुलुकी करा इङलेण्डले प्रशिक्षण प्रदान गरेका थिए ।
प्रशिक्षणमा कृषि उत्पादनमा वृद्धि गराइ स्थानीयलाई आत्मनिर्भर बनाउने, वातावरणीय प्रदुषण न्युनिकरण र जलवायु परिवर्तनका असरहरुका सम्बन्धमा शिक्षा दिइएको थियो ।
साथै माटोको प्रकार गुणस्तर तथा यसमा रहेका विविध तत्व, माटोमा लाग्ने रोग र माटो अनुकुल उत्पादनका विषयमा पनि जानकारी गरिएको कोइरालाले जानकारी दिए ।
प्राङ्गारिक मलको प्रयोग, अर्र्गानिक खेती प्रणाली, कृषि उत्पादनको उचित बजारीकरण, घासँखेती लगायत अन्य कृषिसँग सम्वद्ध धेरै विषयमा प्रशिक्षण प्रदान गरिएको उनले बताए ।
तालिममा महिलाहरुको उत्तिकै सहभागीता रहेकाले परम्परागत र निर्वाहमुख रुपमा गरिदै आएको कृषि व्यावसायिक बनाउन सकिने विश्वास गरिएको छ ।
कृषिलाई व्यावसायिक बनाएर स्थानीयको आम्दानीको राम्रो स्रोतको रुपमा बिकसित गर्ने दीर्घकालिन उद्देश्यले स्थानीय महिला, युवा समेतलाई समेटेर प्रशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।
प्रशिक्षणका क्रममा किसानहरुले देखाएको उत्साह र उत्सुकताको आधारमा समय कम भएको महसुस भएकाले यस्तै प्रशिक्षण पुन गर्ने बारे छलफल गर्ने आयोजकले जनाएको छ ।
यसअघि सोही परियोजना अन्तर्गत व्यासका विभिन्न विद्यालयका २० जना शिक्षकहरुलाई दुइ दिने तालिम उदय मावि र जनजुक्त शाही माविमा प्रयोशाला निर्माण, छानिएका दुबै विद्यालयमा एक–एक दिन कक्षा ९ देखी १२ सम्मका बालबालिकाहरुलाई इङलिस कम्युनिकेसन, आधारभूत कम्युटर तालिम, इ–र्लनिङ, सडक सुरक्षा र शारीरिक व्यायम सम्बन्धी प्रशिक्षण सम्पन्न भइसकेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS