images
images
images

आठौं स्मृति दिवसमा न्यानो पोशाक

images

भिमाद
टंकनाथ पराजुली शैक्षिक प्रतिष्ठानले आठौं स्मृति दिवसमा विद्यालयका सम्पूर्ण विद्यार्थीलाइ न्यानो पोशाक वितरण गरेको छ । शनिबार भिमाद(७ सिस्नेरी स्थित बाल विद्याश्रम आधारभूत विद्यालयका विद्यार्थीलाइ विद्यालय पोशाक वितरण गरिएको थियो । विद्यालयमा अध्ययन गर्ने चौतिसजना विद्यार्थीलाइ वितरण गरिएको पोशाकमा ट्रयाक सुट जुत्ता मोजा समेत करिव पचास हजार बराबरको विद्यालय पोशाक रहेको थियो ।

आठौं स्मृति दिवस भिमाद नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव पदमराज आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिष्ठानका अध्यक्ष प्रेमप्रकाश भट्टराइको अध्यक्षतामा भएको आठौं स्मृति दिवस कार्यक्रमलाइ विद्यालय व्यवस्थापन सिमितका पूर्व अध्यक्ष हरि भण्डारी विद्यालयकी प्रधानाध्यापक सुमित्रा थापा लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव खिमकान्त पराजुलीले गर्नु भएको थियो भने स्वागत सदस्य ऋषिराम पोख्रेलले गर्नु भएको थियो । सातौं स्मृति दिवसहरु सर्वोत्कृष्ठ विद्यार्थी सम्मान तथा प्रोत्साहन गरेर मनाउँदै आएको प्रतिष्ठानले आठौं स्मृति दिवस न्यून आय भएका अभिभावहरुका बालबच्चा अध्ययन गर्ने विद्यालयका छात्रछात्राहरुलाइ पोशाक विरतण गरेर मनाइएको प्रतिष्ठानकी संरक्षक राधा पराजुलीले बताइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS