images
images
images

आँबुखैरेनी गाँउपालिकामा  स्वास्थ्य शिविर सम्पन्न

images

आँबुखैरेनी
आँबुखैरेनी गाँउपालिकामा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाँउपालिकाले संचालनमा ल्याएको आँबुखैरेनी अस्पतालमा भएको शिविरमा ३ सय ५७ जनाले स्वास्थ्य परिक्षण गरेको आँबुखैरेनी गाँउपालिकाले जनाएको छ । शिविरमा भिडियो एक्सरे,इसिजि र ल्याव परीक्षण समेत भएको गाँउपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

शिविरमा दाँत र आखा बाहेक अन्य रोगहरुको परीक्षण गरेको अध्यक्ष चुमानले बताए । शिविरमा नाम दर्ता गरेलाई आइतबार समेत परिक्षण गरिने समेत पालिकाले जनाएको छ । नेपाल कलेजो कियर फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियो । शिविरमा आधा दर्जन भन्दा बढी विशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परिक्षण गरिएको आँबुखैरेनी अस्पताका प्रमुख डा.डि. बि क्षेत्रिले बताए । आँबुखैरेनी अस्पतालले आइतबारबाट नियमित सेवा दिन सुरु गरेको अस्पतालका जनस्वास्थ्य निरिक्षक मुकेश कुमार शाहले बताए । पालिकाले आगमी दिनहरुमा समेत शिविरहरुको निरन्तरता दिने प्रयोगशाला प्रमुख अमृत पण्डितले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS