images
images
images

बिद्यार्थीलाई न्यानो कपडा बितरण

images

दमौली
तनहुँको व्यास नगरपालिका वडा नं ११ मा रहेको तातोपानी प्रावि तथा चण्डेश्वरी आधारभुत बिद्यालयका बिद्यार्थीहरू लाई अन्जु गिरि क्षेत्रीले न्यानो कपडा बितरण गरेकि छन् । ब्यास नगरपालिका वडा नं १० घर भइ बिगत लामो समयदेखि काठमाडौं स्थित टोखा नगरपालिका वडा नं ५ मा बसोबास गर्दै आएकि समाजसेवी क्षेत्रीले ४५ जना बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेकि हुन् । अधिकांश चेपाङ , दलित , जनजाति पढ्ने सामान्य परिवारका बिद्यार्थीलाई सहयोग गर्न पाएकोमा अन्जुले खुसि ब्यक्त गरिन् । मेरो जन्मथलो तनहुँ नैं भएको र यहि जिल्ला भित्रका गरिब बिद्यार्थीहरू लाई सहयोग गर्ने इच्छा रहे अनुसार सहयोग गरेको उनको भनाइ थियो ।
मुख्य सहयोगी क्षेत्रीले ससाना बिद्यार्थीहरू लाई देख्दा अझै सहयोग गरौँ गरौं लागेको भन्दै भबिस्यमा पनि यस किसिमको सहयोग लिएर आउने बताइन् । मेरो सानो सहयोगले सानासाना बाबुनानिलाइ न्यानो हुन्छ र खुसि मान्दै पढ्न आउने बाताबरण बन्छ भने किन सहयोग नगर्ने १ उनले सहयोग कार्यक्रममा बताइन् । अन्जुले यश अगाडि पनि तनहुँका विभिन्न ठाउँमा सहयोग गर्दै आएकि थिइन् ।
कार्यक्रममा बिद्यालयका प्र अ सान्ता सेढाई कैनिले ससाना बिद्यार्थीहरू लाई न्यानो कपडा लिएर सहयोग गर्न आउनुभएकोमा सहयोगी हातलाइ धन्यवाद दिइन् । सामान्य परिवारका बिद्यार्थीहरू जसलाई न्यानो कपडाको निकै आवस्यकता थियो , त्यो बुझेर स्वेटर लगायतका न्यानो कपडा लिएर काठमाडौं देखि आउनुभएकोमा खुसी लागेको कैनिको भनाइ थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चित्रबहादुर आलेको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा स्वतन्त्र पत्रकार संघ काठमाडौंका अध्यक्ष पुष्कर राज पाण्डे , ब्यबसायि सुशील राना , प्रेम रूचाल , आशिष गिरि , लक्ष्मी श्रेष्ठ लगायतले बोलेका थिए । यस्तै चण्डेश्वरी आधारभुत बिद्यालयमा आयोजित सहयोग कार्यक्रममा
चण्डेश्वरी टोलका अध्यक्ष जितमान दुरा , प्रअ मिलन आले , बासुदेव न्यौपाने लगायतका बक्ताहरूले सहयोगी हातप्रति आभार ब्यक्त गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । बिद्यार्थीहरूले न्यानो कपडा पाएपछि खुसि भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS